मध्यपूर्वको यो समृद्ध इजरायल
उत्तरको सुंदर पहाडी वस्ति हाइफा
जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर
म लेबनान माथिको बादल नियाल्छु
जो भर्खर चांदी र सुनौलो हुदै
सिंदूरी रंगमा परिवर्तन भै रहेछ ।
बादलको रंग बद्लिनु
यो शुभ संकेत हो,
स साना बंदरगाह साथै जहाजका तांती लिएर
शान्तिको निलो रंगमा तरंगित यी छालहरू
समयका बगारहरूमा स्पर्श गर्दै -यही भन्छन ।
ध्वस्त भएका खंडहर संरचना जस्तै
हजारौं क्षेप्यास्त्रका प्रहारले भत्किएको मन बोकेर
लेबनान मौन छ,
जसरी यसको छातीमा खातका खात घातहरू
लुकाएर सगर मौन बसेको हुन्छ ।
यो राजकीय संध्या
जून जस्तै जुनको महिना
यहाँ धेरै राता गुलाफ़हरू फुल्छन ।
यही सांझ कोबाक्लो घुमटो उघार्दै
म देख्छु जून यहाँ पनि उदाउछ, मेरो देशमा जस्तै
यसका किरणहरू जब धरतीका छातीहरूमा छरिन्छन,
सायद त्यो शीतल स्पर्श
एउटा इजरायलीले उस्तै महशुश गर्छ,
जसरी कुनै प्यालेस्तिनीले गर्छ,
जसरी कुनै सिरियाली इजिप्सियन वा
मैले महशुश गरिरहेछु ।
तर यो जून, यो अकास, यो धरती र निश्छल सागरहरू
अनि प्रकृतिको यो शास्वत समानतालाई
हाम्रो मानव सभ्यताले कुन्नि कतिखेर भत्काइसकेछ
हामीले थाहै पाएनौं,
यो साझा धरतीका हरिया जंगल दूँगा र माटो माथि
कुन्नि कतिखेर
युद्धका पदचिन्हहरू छापिदै गएछन,
हामीले थाहै पाएनौं ।
यहूदीहरूको यो पवित्र भूमि
जहाँ धर्म र आध्यामिक चेतना को उदय भयो,
इतिहासका विविध कालखंड देखि आजपर्यंत
फेरि पनि शक्ति, शासन, र संघर्षकै कथाहरू
र युद्धका श्रंखलाहरू यसका पर्याय बनिरहे
मानिसका पापहरूका निमित्त
क्रुशमा टांन्गिएर जीससले प्राणको आहुति दिएझै
आजको धर्म र राजनीतिले
सधैं सधैं मान्छेको रगत मागिरह्यो मागिरह्यो ।
हामीले किन यो सत्यलाई बिर्सियौं?
पैगम्बर,जीसस,बुद्ध वा मोशेहरूले त कहिल्यै
हत्या, हिंसा र युद्धलाई प्रेम गरेनन,
यो बिरोधाभास,
के मानवीय चेतनाको गंभीर उपहास होइन?
गाजा र पश्चिमी किनारमा
फेरि हिंसा भडकिएको छ,
फेरि बारुद्का धुवाहरू उडेका छन,
सँगसँगै जहाँ लाखौं शरणार्थीका शिविरहरू भत्किरहेछन,
हिजबोल्ला,हमास र कट्टर इस्लामी समूहहरू अनि समस्त आतंकवाद
मध्यपूर्वीय शान्तिका स्थायी अवरोध मात्र होइनन,
हाम्रो सभ्यताले, हाम्रो राजनीतिले र हाम्रै युगले जन्माएका
घाऊहरू हुन,पीडाहरू हुन्,
यस्ता दुःखदायी अनगिन्ती खाटाहरू, डोबहरू
इतिहास भरी भरी छापिएका छन,पुरिएका छन,फेरी छापिएका छन ।
आफ्नो देशको ??? क्षितिजतिर टोलाउदै
पश्चिमी किनारमा उभिएर
यौटा बृद्ध प्यालेस्तिनी शरणार्थी
मलामिको लामो लश्कर जस्तै
१९४८का टी दिनहरू सम्झंछ,
जोर्डन, सीरिया, लेबनान र इराकतिर भागेका
लाखौंलाख दौतरीहरू झै
उसको पनि घर फर्कने सपना
डुब्दै गरेको जहाजजस्तै, आफै भित्र मरिसकेको छ ।
विस्थापन,पराधीनता र आभावका
बग्रेलती अनुत्तरित प्रश्न माथि
सायद जीवन भोगैको यो अन्तिम प्रश्न
ऊ आफैसँग सोधिरहेछ,
“धरती किन यसरी काडाका पर्खालहरू जस्तै
देशका सीमानाहरूमा विभाजित छ?”
ऊ प्रत्येक सिमस्ताम्भहरूमा योद्धाका चिहानहरू देख्छ ।
ऊ प्रत्येक सिमस्ताम्भहरूमा रगतका छापहरू देख्छ ।।
इजरायल
भू मध्ये सागरको पूर्वी किनारमा बारम्बार प्यालेस्टाइन र इजरायल भनिएको यो देशको लामो इतिहासमा ज जसको आधिपत्य रहे पनि जे जति सीमानाहरू कोरिए पनि आज इजरायल मध्यपूर्वको एउटा शक्तिकेंद्रको रुपमा स्थापित भैसकेको छ वास्तविकता यही हो, भलै अरबीहरू यो तथ्यलाई स्वीकार्न तैयार नहोउन ।
पूर्वजको थलो नछाडेका वा छाडेर पनि जेरुसलमको यो पवित्र माटोलाई ह्रदयमा राखेर श्रद्धा गर्ने संसारभरिका ती दृढ यहूदीहरूले यतिहासिक पुस्तकका कथाहरूबाट थपक्क झिकेझैँ जोर्डन नदीदेखि भूमध्यसागरसम्म (दक्षिणमा मिश्र, उत्तरमा लेबनान र पूर्वमा जोर्डन देशहरूले घेरिएको) यो भूमिलाई पुन आफ्नो गृह राष्ट्र बनाउन सफल भएका छन । धेरै पटक इतिहासमा रोमनहरूबाट खेदिएका र अरेबियनहरूबाट बारम्बार धपाइएका ती लाखों यहूदीहरूको हरेक दिनको प्रार्थना, दृढ संकल्प र एकता को परिणाम हो यो – इजरायल । सन १९४८ देखिमात्र पूर्ण अस्तित्वमा आएको कथा जस्तै लाग्ने यो आधुनिक इजरायलको स्थापनासँगै यहूदीहरूले हजारों वर्ष अघिको आफ्नो पुर्ख्यौली घर फिर्ता त पाए, तर यो विजयले वर्षोंदेखि यहाँ आवादित भएका लाखों प्यालेस्तिनीहरू बिनाकारण शरणार्थी बन्न पुगे ।
गाजा पशिचिमी किनार र छिमेकी देशहरूमा अस्थायी शिविरहरू स्थापना गरिए र एकाएक रोग भोक गरिबी र असुरक्षा पनि जन्मियो । धेरै अरब राष्ट्रहरू इजरायलको अस्तित्वलाई आजसम्म पनि स्वीकार्न तैयार छैनन । यही अस्वीकारोक्ति मध्यपूर्वीय अशान्तिको प्रमुख कारण बनेको छ ।एकताका डेबिड बेन गुरियन (जसले त्यसबेला यो प्यालेस्ताइन अरबमा यिशुभ नामक सामुदायिक संगठन को नेतृत्वा गरेका थिए) उनैले यो विवादास्पद भूमिका विषयमा भनेका थिए -“यद्यपि प्रश्नको समाधान कसैले नदेखेको होस हामी एउटा स्वतन्त्र राष्ट्रको रूपमा यसलाई आफ्नो बनाउन चाहन्छौं र त्यस्तै अरवीहरू पनि चाहन्छ्न ‘ यो अनिश्चिततालाई पंछाउदै उनी पछि स्वतंत्र इजरायलको प्रथम प्रधानमंत्री भए ।विस्थापन र असंतुष्टिका ज्वारभाटा उठेपछि प्यालेस्तिनीहरूबाट आफ्नो सार्वभौमिकता, पहिचान र पुनस्थापनाको खोजीमा अनगिन्ती आत्मघाती आक्रमणहरू भए । १९५६,१९६७,१९७३, र १९८२का वर्षहरूमा इजरायलले ठुलो संघर्षको सामना गर्नु पर्यो । पछिल्ला वर्षहरू र आजसम्म पनि यसको अस्तित्वको निमित्त कम्ती संकटपूर्ण रहेनन । तथापि हरेक संघर्षमा इजरायलले अत्यन्त बलियो प्रत्याक्रमण गरिरह्यो । यसैबीच अनेकों आतंकवादी र अतिवादी संगठनहरू पनि जन्मिए अनि हरेकले यौटै इतिहासलाई आफ्नो पक्षमा व्याख्या गरेर द्वंदको सम्पूर्ण कारण र परिणामको दोष विपक्षलाई दिन थाले ।
इतिहास विजितहरूद्वारा लेखिंछ, जहाँ पराजीतहरू सधैं बदनाम वा गलत साबित भएका हुन्छन। एउटै घटनाका विषयमा पनि दुई इतिहासकारहरू कहिल्यै सहमत हुदैनन र अँझ अनौठोसँग दुवै आफू सही भएको दावा गर्छन ह्यारी ट्रुम्यानको कथन हो यो ।यसर्थ इतिहासका आँखाहरूबाट मात्र सही पक्ष सही धार निर्क्यौल गर्ने कोसिस गर्नु आफैमा बिरोधाभास पूर्ण हुन जान्छ एउटई बिन्दुका असंख्य कोणहरू हुन्छन विविध पक्ष र धारणाहरूका बीचबाट संतुलित दृष्टिकोणको खोजी नै सार्थक बुझाई को गहनता हो द्वंद र संघर्ष को इतिहास बुझ्न त झनै कठिन हुने भएकोले पूर्वाग्रहरहित विशुद्द दृष्टिकोणको महत्व अँझ धेरै हुन्छ ।
यहानेर म तटस्थ रहिन, म स्वीकार गर्छु, मैले अलीकति इजरायलको आँखाबाट हेरेको छू ।
पुनरागमन र विस्थापन
इजरायल प्यालेस्ताइन संघर्ष कै इतिहास हेर्ने हो भने, दुवैपक्षभित्र जेरुसलम माथिको अगाध आस्था र त्यसको प्राप्तिको अमूर्त अभीप्सा रैह्को पाउछौं । पौराणिककालमा यहूदीहरूको राज्य यहूदा माथि रोमनहरूले आक्रमण गरेर प्यालेस्ताइन नामकरण गरेका थिए । त्यसपछिका दिनहरूमा अरवीहरूले उक्त प्यालेस्ताइनमा आधिपत्य जमाएर हजारौं वर्षसम्म शासन गर्दै आएको हामी पाउछौं । बीसों शताव्दीको पुरार्धतिरसम्म यो क्षेत्रमा अरव इस्लामिक प्रभुत्व रही नै रहेको थियो । इतिहासका पछिल्ला दिनहरूमा मात्र अरवीहरूको भीषण जनघनात्वलाई वेवास्ता गर्दै यूरोप र एशिया लगायत अमेरिकाका विभिन्न भूभागमा विस्थापित हुन पुगेका यहूदीहरूले आफ्नो गृहभूमि फर्कने अभियान चलाए।उनीहरूका लागि धार्मिक र यतिहासिक दृष्टिकोणले जेरुसलम अत्यन्तै महत्वपूर्ण थियो । ‘उनिहरू कथा पढ़थे । इशा पूर्व एक हजार वर्ष पहिले यहूदी राजा डेबिडले स्थापना गरेको त्यों इजरायललाई आफ्ना पूर्वजको घर सम्झन्थे र अरवीहरूको हातबाट कुनै पनि मूल्यमा फर्काउन चाहन्थे तर जेरुसलमलाई अरवीहरू पनि कम्ती श्रद्धा गर्दैनथे । कथन अनुसार मोहम्मद यही स्थानबाट
आज ४० लाख को हाराहारीमा प्यालेस्तिनी शरणार्थीहरू विभिन्न क्षेत्रमा छरिएर रहेका छन ती मध्ये धेरै जसो पश्चिमी किनार र गाजा क्षेत्रका शिविरहरू लगायत जोर्दान सीरिया र लेबनानमा दयनीय अवस्थामा बसोबास गरिरहेका छन आफ्नै आँगनमा शरणार्थी बनेका उनीहरू घर फरकन चाहन्छं बाजे बराजुले आर्जेको त्यों प्यालेस्ताइन चाहन्छ्न, जसको सीमारेखा आज निकै साघुरो भाइसकेको छ सबैको अनुमान के छ भने यदि उनीहरू पुनस्थापित हुने हो भने अरव प्यालेस्ताइन शक्ति बढन गई यहूदी राष्ट्रको रुपमा स्थापित इजरायलको फेरि तहस नहस हुन सक्छ शरणार्थी फिर्तीको अर्थ इजरायलको अन्त्य हुनु हो भनेर अरव राष्ट्र तथा सबै प्यालेस्ताइनहरू खुल्ला दावी गर्दै आइरहेका छन तर इजरायलको चातुर राजनीतिक पृष्ठभूमि र विगतका संघर्षहरूको अनुभवले पनि यसको सम्भ्याव्यता आधारहीन भएको स्पष्ट गरिसकेको छ ।
मध्यपूर्वको आँगनमा अनगिनती सीमारेखाहरू कोरिए, कोरिदै मेटिदै गरेका सीमारेखाहरूले मानवीयताको पवित्र नाता भत्काउदै आपसी वैमनस्य र कलह बधाउदै गयो । सदियौं देखिको यो केरमेट गर्ने परम्पराले यौटा सत्य सधैको लागि मेटिसकेको छ- ” सृष्टि सबैको साझा हो र ईश्वरले हामी सबैको लागि यो धर्ती बनाएका हुन” ।
किन जिउदै जलाइए ६० लाख यहूदीहरू जातीयताको नाउमा नाजीहरूद्वारा? र त्यसको मूल्य तिरे निर्दोष प्यालेस्तिनीहरूले ?
विश्वको इतिहासले मध्यपूर्वमा ल्याएर छाडेको अत्यन्तै गहिरो पीडादायी प्रश्न हो यो । यो अनुत्तरित प्रश्नको उत्तर जजसले दिने कोसिस गरे, ती सबै अधूरा अपुरा वा एकपक्षीय मात्र रहे। भूटदाभूट्दै मकै आगोभन्दा अलीपर उछिट्टिएझै भागेर बाँचेका ती यहूदीका संतानहरू यूरोप अमेरिका वा संसारका अन्य कुनाकाप्चाबाट यसरी खेदिए पछि इतिहास पल्ताउदै बाइबलका पानाहरूमा आफ्नो जातीय उत्पत्तिको थातथलो खोज्दै इस्रायल आउछ्न र भन्छन यो हाम्रै घर हो ।
अस्तित्वका लागि संघर्ष
यूरोपको अग्नि काण्डमा जिउदै पिल्सिएका यहूदी जातिले डार्विनको सिदांतको यो शास्वत सत्यलाई यसरी बोध गरेछ्न कि ती नासिएर तुहिएर कहिल्यै गएनन, बरु ठूला ठूला अरव राज्यहरू (जातीय दुश्मन)को बीचमा संघर्ष गरेरै अस्तित्ववान भए, भैरहेछन । त्यसो त वरिपरिका बडे बडे छिमेकीहरूले इजरायलको नक्शा विश्व मानचित्रबाटै हटाउने तानाबाना कति बुने कति ? सम्पूर्ण विश्वले आफूलाई अशांतिको कारक, युद्धप्रेमी वा धुन्दुकारीको कलंक लगाउदा पनि यो मौन छैन, किनकि यसलाई थाहा छ मौनताले यसको मानचित्रका रेखा फेरि मेटिन सक्छ, अनि कहाँ जाने?
आज हजारौं वर्षपछि इजरायल आफ्नो देशको सीमाना स्पष्ट बनाउन चाहन्छ कुनै जातीले बाँच्न कै लागि रगतको सीमाना कोर्नै पर्ने यस्तो आत्मघाति सभ्यता किन बनायो होला मान्छेले ?
दशाओं हजार वर्ष अघिदेखि यो क्षेत्र निरंतर आवादित रहदै आएको थियो पुरातत्वविदहरूले जेरिचोमा यी पु ८००० वर्ष अघि को गहुँको नमूना प्राप्त गरेका छन जसले इजरायल संसारकै सबैभन्दा पुरानो कृषिक्षेत्र भएको प्रमाण दिन्छ यासै गरी पुरातात्विक उत्खननहरूबाट यहाँ होमो इरेक्टस तथा नेन्दार्थाल जस्ता आदिम मानवहरूका समेत अवशेषहरू प्राप्त भएका छन । नेन्दरथाल मानव र आधुनिक मानव बीच को त्यो आदिम कालखंडमा मान्छे को कुन देश थियो ? कुन धर्म र कुन जात थियो ? कुन रंग र वर्णमा विभाजित थिए उनीहरू?
आज विभाजन र वर्गीकरण का नाघ्ने नसकिने अगला अगला पर्खाल हरु हामी बिच स्थापित भै सकेका छन हामी आफैले सिर्जना गरेका फरक फरक आस्थाहरु हाम्रै बिनाशका कारण बन्दै गै रहेका छन ।
मनोहर जैतूनका रुखहरूले हरेक बसंतमा गाजा क्षेत्रमा फेरि संभावनाका फुलहरू लिएर आउथे अनि त्यसको पात च्यापेर परेवाहरू मध्यपूर्वको आकाशमा शान्ति र स्वतन्त्रताका गीत गाउथे आज कैयौं रुखहरूसँगै सुरक्षाको बहानामा अस्थायी वस्तिहरू समेत उजाड भएका छन ।
अभिलाषा
उता प्यालेस्तिनीहरू आफ्नो घरबार खोस्ने इजरायललाई भूमध्ये सागरमा धकेलेरै छाडने अठोट लिएर लडदैछन भन्छन -जबसम्म अंतिम एक प्यालेस्तिनी यो धर्तीमा रहन्छ, ऊ पनि इजरायल बिरुद्ध लड़ेरै मर्नेछ ।कत्रो मोह सीमाना को?
त्यसो त प्यालेस्तिनी मुक्ति नाउमा अहिले अनेकौं अतिवादी र आतंकवादी संगठनहरू जन्मेका छन, जो आफै एक हुन नसक्नु र प्यालेस्तिनी राजनीतिमै वर्चस्व कायम गर्न लागि पर्नु वा गृहयुद्धमा समेत फस्नुले उनीहरूको अंतिम लक्ष्य इजरायल माथिको प्रभुत्वलाई असंभवप्राय बनाइसकेको छ । अरवी राष्ट्रहरूको भीतरी इशारा र सहयोगमा चलेका ती विद्रोहहरूले मुक्ति होइन शिविरहरूमा दयनीय जीवन बिताइरहेका शरणार्थीहरूको भविष्य अँझ अन्यौल ग्रस्त बनाउने काम मात्र गरेको छैन, अँझ धेरै असुरक्षा र गरिबीतीर धकेल्दै लगेको छ।
यद्यपि सड़कभरी सैनिकका ट्यान्कहरू लाम लागुन जतिसुकै घरहरू भत्कियुन र जतिसुकै साथीहरू शहीद होउन, त्यसको कुनै परवाहबिना उनीहरू जेरुसलम हाम्रो हो, भन्दै विद्रोहको आगो फेरि फेरी सल्काइरहेछन । जेरुसलममात्र होइन, शृष्टिका सम्पूर्ण अवयवहरू हामी सबैको हो भन्ने निर्धक्कता खै हाम्रो सभ्यताले बुझाउन सकेको?
प्रतिशोधको भावनाले अभिप्रेरित भएर आतंक र रक्तपातको बाटो हिड्दा हिड्दा उनीहरूको त्यो लक्ष्य क्षितिजबाट धेरै परपर गै सकेको छ । त्यसलाई पुर्ख्यौली नासो भन्दै फेरि फर्काउने कोसिस गर्नु इजरायलको शक्तिसँग अनभिज्ञ रहने विवेकहीनता वाहेक अरु केही होइन ।
बत्तीमा जब पुतलीहरू होमिदै जान्छन, त्यसलाई रोक्ने सबै कोसिस व्यर्थ हुन्छ । यो दुस्साहस उज्यालोको माया हो । फेरि इतिहास लेख्ने भ्रमित विश्वासमा आज धेरै प्यालेस्तिनी किशोरहरू इरान र सीरियाका जंगलहरूमा तालीम गरिरहेछ्न – नयाँ नयाँ सीमास्ताम्भ उठाउने अभिलाषा लिएर …
सम्बंधित अर्को लेख
गाजा र विश्फोटनका धुंवाहरु