Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
Author: Krishna Thapa
I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.
कृष्णपक्ष थापा उसको दैनिकीको आरम्भ नै इन्टरनेटबाट हुन्थ्यो, न्युज साइट, फेसबुक र ट्विटर । कम्प्युटरको स्क्रिनमा बरालिई रहँदा पार्श्वमा एउटा नारी स्वर गुन्जिइरहेको सुनिन्थ्यो – आरती गाउँदै गरेको, त्यो सङ्गीत उसको वर्तमान थियो । ‘यदि यस्तै हो भने हाम्रा छोरीहरू डाक्टर इन्जिनियर लेखक हैन, शरीरको व्यापार गर्न रुचाउनेछन् ।’ वयस्क चलचित्रकी नायिका सन्नी लियोनीका विरुद्ध उनले दिएको अभिव्यक्तिले उसलाई पुन एक पटक सम्झनाको घना जङ्गलमा हुत्ताइदियो । उ अति भावुक मान्छे, उसको जीवन आफैँमा एक सेन्टिमेन्टल धुन जस्तै थियो । नारायण गोपाल र अरुणा लामाका गीतहरू त प्राय उ गुनगुनाई रहन्थ्यो। उसको गुनगुनमा यी लाइनहरू बारम्बार दोहोरिन्थे । पोहोर साल…
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । ‘कान्छे’ मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो । एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश ‘कान्छे’ लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु । थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा … कान्छे मभित्र बाँचेको – सानो त्यो मान्छे … बालापनमा हराइरहेको, ससानो खुसीमा रमाइरहेको, खेलिरहेको गुच्चा र चुङ्गी रङ्ग र कुची सम्झाइरहेको … गीत…
आर्टिस्ट हाउस तेल अभिवमा चित्रकला र मूर्तिकलाका गुरु छन् – गाद एपोटेकर । हामी ‘गाडी’ भनेर बोलाउँछौँ उनी रिसाउँदैनन बरु खुसी हुन्छन् किनकि हिब्रुमा नामको पछाडि ईकार लगाउँदा त्यसले अझ बढी नजिक , आत्मीय र प्रियताको भाव झल्काउँछ जस्तै नेपालीमा कालेलाई कालु, कान्छालाई कान्छु भनेजस्तै गादलाई गादी/गाडी । मलाई चित्रकला सानैदेखि मन पर्ने विषय । म जहाँ जान्छु यो रुचिलाई पनि मेरो साथमै लिएर जान्छु । परदेशको श्रम शिविरमा भर्ती भएपछि भने मैले धेरै रुचि र रहरहरु आफ्नै मनमा थाती राख्नुपर्यो यद्यपि हप्तामा एक पटक आर्टिस्ट हाउस जान्थेँ । गाडी मेरा गुरु – चित्रकला र मूर्तिकला दुवै विषयका प्रशिक्षक उनी…
शरद ऋतुको शीतलता छाएको मौसम थियो । प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।सफा धरती, धूलो मैलो र बादलहरू सप्पै हटेको खुल्ला आकाश तर पर पर क्षितिजमाथि फैलिएको इजरायली आकाशको यो नीलो क्यानभासमा घरीघरी मडारिइरहेका छन् हमास र हिजबोल्लाका रकेटका राता धर्काहरू .. र कोरिएका छन् विस्फोटपछि निस्कने बारुदका धुवाँका अमूर्त चित्रहरू । घरीघरी गाजाबाट प्रक्षेपण गरिएका रकेटहरूले मोबाइलको ‘रेड अलर्ट’ एप्समा जनाउ दिइरहेका हुन्छन् । जसले पलपल बताइरहन्छ कि इजरायलमा कहाँ कहाँ रकेट आक्रमण भयो विशेष गरी गाजासँग सिमाना जोडिएका दक्षिणी सहरहरू र लेबनानसँग सीमा जोडिएका उत्तरी…
अक्टुबर १८ २०२३, बुधबार कृष्णपक्ष थापा /जेरुसलेम इजरायल जेरुसेलम अस्पतालमा नेपाली विद्यार्थी म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है । बङ्करको अँध्यारोमा घाइते अवस्थामा उनले पोखेको पीडाले कति मर्माहत बनायो भनिसाध्य छैन ।जेरुसेलम सारे चेदेक अस्पतालमा हमास आक्रमणमा परी घाइते नेपाली विद्यार्थीलाई ल्याएको छ भन्ने खबर पाएँ । ती दाङका प्रवीण डाँगी थिए । गत हप्ता हमासको आक्रमणमा परी ग्रिनेड लागेपछि जीवन मरणको दोसाँधमा आर्तनाद गरिरहेका नेपाली विद्यार्थीहरूले आफन्त र परिवारसम्म पुगोस् भनेर बनाएको भिडियो सन्देश हेरेको थिएँ । यसै क्रममा एक जना कलिला भाइ भन्दै थिए – म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है । बङ्करको अँध्यारोमा घाइते अवस्थामा…
शरद ऋतुको शीतलता छाएको मौसम थियो । प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।सफा धरती, धूलो मैलो र बादलहरू सप्पै हटेको खुल्ला आकाश तर पर पर क्षितिजमाथि फैलिएको इजरायली आकाशको यो नीलो क्यानभासमा घरीघरी मडारिइरहेका छन् हमास र हिजबोल्लाका रकेटका राता धर्काहरू .. र कोरिएका छन् विस्फोटपछि निस्कने बारुदका धुवाँका अमूर्त चित्रहरू । घरीघरी गाजाबाट प्रक्षेपण गरिएका रकेटहरूले मोबाइलको ‘रेड अलर्ट’ एप्समा जनाउ दिइरहेका हुन्छन् । जसले पलपल बताइरहन्छ कि इजरायलमा कहाँ कहाँ रकेट आक्रमण भयो विशेष गरी गाजासँग सिमाना जोडिएका दक्षिणी सहरहरू र लेबनानसँग सीमा जोडिएका उत्तरी…
प्रिय तिमी, फेरि एकपटक मिठो सम्झना ! सम्बोधनमा तिमी भनेर लेखिसकेपछि पक्कै अनुमान लगाउनु भयो होला उनी पक्कै कुनै प्रेमिका या नारी पात्रा हुन, गलत । त्यो निलोकालो भयंकर विम्बबाट हठात म तिमीलाई हटाउँछु । अहँ तिमी यस्तो कठोर कदापि हुन सक्दैनौ । यत्रो आघातको आँधि सहन सक्ने नीलकण्ठजस्तो सामर्थ्य तिमीमा कहाँ छ ? तिमी त एक साधारण प्राणी हौ, तिमीले यसरी विष च्यापेर आहत हुनु हुँदैन । यो दुर्घटनाको कल्पनाले म थर्थरी काँपिरहेछु । आजको ‘तिमी’ पात्र ‘म’ हुँ , म आफैँ हुँ । विभिन्न अवसरहरुमा मैले धेरै पटक आफैलाई सम्झाएको छु । त्यसकै निरन्तरता हो यो । …
मौसमले वसन्त बोलाइसकेको छ, धर्तीमा हरियो रङ्ग र सडक छेउका घाँसहरूमाथि गुलाबी रङ्गको सघनता बढ्न थालिसकेको छ । यस्तो बेला इजरायलमा पारिला घाम र पार्कका रमणहरू निकै मिठा हुन्छन् तर यसपालि यो पारिला घाम ताप्न कोही पनि वृद्ध वृद्धा या गृहिणीहरू निस्किएका छैनन् । न त सहरमा फेरिएको रङ्ग र उद्यानमा फक्रिएको प्रकृतिको यौवन नियाल्न मजस्ता प्रकृतिप्रेमीहरु नै बाहिर आएका छन । कारण एउटै छ कोरोनाको सन्त्रास ..। सन २०२० को आगमनमा हामीले बाँचेको युगले एउटा अस्वाभाविक अनौठो त्रास र पीडा बोकेर आयो । कोरोना नाउँको यो महामारी क्रमशः चीनबाट सुरु भएर युरोप अमेरिका हुँदै पुरै विश्वभर व्याप्त भयो ।…
It was already more than a week, After visiting Agra we returned New Delhi again. Delhi was crowded but it also has a lot of important, beautiful and historical places to visit too. It was our two weeks visit to India. I was together with Anita and my little hero Kaustuv. My first experience in Delhi was paying the double parking at the airport as the driver did not understand and notice us for the first time on our arrival. So from the next day, I asked my hotel to provide me a vehicle with a Nepali driver. Ram Bahadur…
कृष्णपक्ष धादिङको एउटा खबरले देशैभरि व्यापक चर्चा पायो । वन अतिक्रमण गरेर निर्माण गरिएका रेडियो धादिङ र स्नेह केन्द्रको भवनमाथि मध्यरातमा आक्रमण गरियो र ध्वस्त पारियो । रेडियो, पत्रपत्रिका, अखबार, सामाजिक सञ्जालहरू यसैका सञ्चार सामाग्रीहरूले भरिए । सडकदेखि सदनसम्म यो समाचारले तरङ्ग ल्यायो । कतिले सरकारी जमीन अतिक्रमण गर्नेलाई सबक सिकाएकोमा बनका अधिकारीहरूलाई बहादूर भने कतिले मध्यरातमा छापामार शैलीमा निहत्था रेडियोकर्मी र हिंसा पीडित महिला बालबालिकामाथि निन्दनीय आक्रमण गरेकोमा कायर भने । पक्ष र विपक्षमा आआफ्नै किसिमका मत अभिमतहरू प्रकट भए । ‘यो राजनितिक प्रतिशोध हो’ एकथरिले भनेका छन, सडकमा उत्रेका छन र सदनसम्मै विरोधका चर्का आवाजहरू पुर्याएका छन भने…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...