कृष्णपक्ष थापा Krishna Thapa

कृष्णपक्ष थापा

कृष्णपक्ष थापा (Krishna Thapa) को ब्लगमा स्वागत छ । समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ ।

कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मूलतः म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन्  । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा बस्छु ।

यस अर्थमा घर छोडेर बिदेसिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ । बाध्यता, रहर, बेरोजगारी, नियति या पलायन … जे संज्ञा दिए पनि मेरो कर्म नेपाल र नेपालीको तितो सत्य हो । म त्यही सत्य हिँडेको छु – परदेश यात्रा ।

परदेश, जहाँ रहर र सपनाहरू धेरै तर फुर्सद कम भएका लाखौँ युवाहरू छन्, घर छाडेर बिरानो मुलुकमा कर्म गर्न आएका, तिनै श्रमजीवीहरूको लहरमा उभिएको छु म । र घर छोड्ने यो यात्रा, यो लहर सदियौँ देखि चलायमान छ ।


कान्छे

घरको सबैभन्दा सानो सदस्य हुनाले सबैले कान्छा भन्थे, त्यो ‘कान्छे’ भयो । स्वभावले म सानैदेखि अन्तर्मुखी रहेँ । कल्पनामा हराउनु, रङ्ग र कुचीहरूसँग खेल्नु मेरा रुचीका विषयहरू थिए ।

आफैँसँगको संवादले मलाई हरदम साहित्य र चित्रकारितामा डुब्न प्रेरित गरिरहे । आफैँसँगको यो स्ववार्तालाप कुनै वेला यति सघन भइदिन्छ, म बिर्सन्छु कि अभावसँग पराजित  छन् मेरा सपनाहरू, बिर्सिन्छु यो व्यस्तता र मरुभूमिका पसिनाहरू … खेल्छु रङ्गहरू सँग र कोर्छु दुईचार अक्षर ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । ‘कान्छे’ मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश ‘कान्छे’ लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु । कान्छे मैले रचेको एनिमेटेड क्यारेक्टर पनि हो , यो चरित्र मेरो परिकल्पनाको छोटा छोटा एनिमेटेड चित्र कथाहरुमा खेल्नेछ

संपर्क सूत्र

‘तिर्खा कथासंग्रह’ मेरो पहिलो प्रकाशित कृति हो । सम्पादनको हिसाबले इजरायल प्रवासबाट प्रकाशन हुने साहित्यिक पत्रिका नेपाल चौतारीमेरो नेपालको सम्पादन समूहमा रहेर सेवा गरेँ । त्यसका साथै ‘इजरायल भूमिमा नेपाली कलमहरू’ नामक संयुक्त सङ्ग्रह पनि प्रकाशित छ ।

प्रवासमा रहेका नेपालीहरूका साहित्य प्रेम जीवन्त राख्न ‘साहित्य संसार‘ अनलाइन पत्रिका सञ्चालन गर्दै आएको छु । कला र साहित्यिक समाचार, लेख रचना र अन्य गतिविधिहरूसँग अपडेट रहन साहित्य संसार भिजिट गर्नुहोला ।

कहिलेकाहीँ लाग्छ म सपनै सपनाले भरिएको मानिस हुँ , शायद हामी सबै यस्तै छौँ । यदि सपनै नहुँदो हो त जीवन यति सुन्दर, यति प्रिय र अर्थपूर्ण पनि हुँदैनथ्यो होला । सपना र बिपनाको अन्तर समयले सिकाउँदै जाँदो रहेछ मान्छेलाई ।

यहाँ सम्म आएर मलाइ पढ्नु भएकोमा हार्दिक धन्यवाद । म यहीँ हुनेछु … मेरा शब्दहरूसँग ।

चिठी पत्र, प्रेम र सम्झना मेरो रक्तसंचार हो, ढुकढुकी हो ।

मलाई चिठी लेख्न –

hi@krishnathapa.com
kanxey@krishnathapa.com

वेब ठेगाना

krishnathapa.com
kanxey.com

साहित्य संसार
sahityasansar.com
info@sahityasansar.com

 

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com