Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: भुमिका
पोर्तुगलको व्यस्त शहर लिस्वोनका सडकहरुमा घाम झरिसकेको छ । मानिसहरुको चहलपहल बढेको बढ्यै छ । आप्रवासीहरुका लागि कानून केही हल्का…
नेपाल चौतारीको मीठो स्मृति आज एकपटक पुन दोहोर् याउन मन लागेको छ । त्यो चौतारी जहाँ सपनाको रित्तो थैलो बोकेर इजरायल…
बादल उठी अकाश ढाक्यो मेघ पनि गर्जियो ! थिएन ओत ढाकिगो देश असिना बर्षियो !! अविरल सिर्जनाका कोशेलीहरु पस्किएर सामाजिक…
इन्टेरनेटबाट नै शुरु भयो हाम्रो परिचय । फेसबुकका नोटहरु र ब्लगका भित्ताहरुमा सुन्दर गजल लेखेर सजाउने भगवती बस्नेत, जो इजराइलमा…
जब अनायास एउटा ध्वनि गुन्जन्छ …॥ मेरा प्रीय मित्र हरि मानन्धरको काव्य कृति असूचित विम्ब ध्वनि प्रकाशन हुने खवरले एउटा…
मन जित्ने गीतकार इजरायलको प्रवास परदेशको यो यात्रा सँगै हिड्ने साथीहरुमा सुनिल सङ्गम सँगको भेटले यहाँको साहित्यिक गतिविधिलाई यौटा जीवन…
शुभ कामना ! आगो – दीप्स शाहको काव्य भाव मात्र होइन, यो हाम्रो पिंढी, हामि बाचिरहेको परिवेश र युग…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...