कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]


इजरायल र युद्ध

नेपाल न्युज डट कममा प्रकाशित ब्लगबाट युद्ध आरम्भ भएको एक महिना भइसकेको छ। इजरायलको राजधानी जेरुसलेम। फूलहरू फुल्ने वसन्तको रंगीन मौसम छ। आकाशमा युद्धका बादल हरदम मडारिइरहेका छन्। बेलाबेला आकाश चिच्याउँदै त्रासदीको ध्वनि ओकलिरहेको हुन्छ।…

.

क्रमश शव्दहरु ...

नेपालको अन्नपूर्ण हिमाल क्षेत्रमा ९४ भन्दा बढी इजरायली पदयात्रीहरूले हालसालै रोमाञ्चक पदयात्रा अनुभव गरे । यो ट्रेकिङ रोमाञ्चक हुनाको अर्को मुख्य कारण ३४ जना यस्ता इजरायली पदयात्रीहरू थिए जो युद्धमा…

हामी युद्धग्रस्त देश इजरायलमा छौँ,  के तेल-अभिभ, के जेरुसलेम वा हाइफ़ा ..  हरघडी साइरनका आवाजहरू गुन्जिरहेका सुनिन्छन् भने आँखा अगाडी युद्धको कालो बादल मडारिरहेको देख्न सकिन्छ, युद्धको एक वर्ष बितिसक्दा…

कृष्णपक्ष थापा, जेरुसलेम । इजरायलको इतिहासकै सबैभन्दा ठूलो आतंकवादी आक्रमण ७ अक्टोबर २०२३ मा भयो। हमासका लडाकुहरूले केही घण्टाभित्रै १२०० भन्दा बढी इजरायली र विदेशी नागरिकको हत्या गरे। साथै, २५०…

कृष्णपक्ष थापा यतिखेर हामी जेरुसेलम इजरायलको हारनोफ भन्ने सानो पहाडी वस्तिमा छौँ । ठ्याक्कै नेपालको कुनै ग्रामीण इलाका प्रतीत हुने यो वस्तिमा उकालो ओरालो र हरिया पहाडका थुम्काहरू छन् ।…

आर्टिस्ट हाउस तेल अभिवमा चित्रकला र मूर्तिकलाका गुरु छन् – गाद एपोटेकर । हामी ‘गाडी’ भनेर बोलाउँछौँ उनी रिसाउँदैनन बरु खुसी हुन्छन् किनकि हिब्रुमा नामको पछाडि ईकार लगाउँदा त्यसले अझ…

हामीले अखबारमा पढ्दै आएका छौँ कि इजरायलमा एकै पटक सयौँको सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरिए तर ती इजरायलको जमिनमा खस्न नपाउँदै आकाशमै ध्वस्त भए । यस्तो कसरी सम्भव छ ? आउनुस्…

शरद ऋतुको शीतलता छाएको मौसम थियो । प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।सफा धरती, धूलो मैलो र…

अक्टुबर १८ २०२३, बुधबार कृष्णपक्ष थापा /जेरुसलेम इजरायल जेरुसेलम अस्पतालमा नेपाली विद्यार्थी म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है । बङ्करको अँध्यारोमा घाइते अवस्थामा उनले पोखेको पीडाले कति मर्माहत बनायो…

डेडलाइन डेडलाइन डेडलाइन, चारैतिर डेडलाइनका हुलहरु थिए जुलुस जस्तै । अस्पताल, फिजियोथेरापी क्लास, साघुरो पार्किंग, रिक्रियशन क्लब, व्हिल चियर र…

फेसबुकको एउटा संयुक्त कविताको समिक्षा यसपालीको मेरो टासोमा परेको छ । विषयवस्तुमा खासै नौलोपन नभएपनि पत्रिका प्रकाशन गरिदा फेसबुककै रुपरंग…

हातको मैला सनको थैला के गर्नु धनले साग र सिस्नु खाएको वेश आनन्दी मनले आज धेरै मुनाहरु यसो भन्दैनन, समय…

ठिक छ तिमीले भन्यौ यो रीत हो- वियोग मिलन पछिको विछोड .. घाम पछिको छाया … भेटिनु अनि छुटिनु ..…

एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई – रमाइला…

एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ……। “लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे, १२ बजे राति उनलाई घरबाट अपहरण…

मध्यपूर्वको यो समृद्ध इजरायल उत्तरको सुंदर पहाडी वस्ति हाइफा जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर म लेबनान माथिको बादल नियाल्छु…

कल्पनाको निलो सगरतल इन्द्रेणी रंगका यी प्रसूनहरू मलाई घामको झुल्को जस्तै लाग्छन म हेरिरहन्छु । तेल अभिभ केन्द्र नजिकैको यो…

एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…

प्रकरण १ जनवरी १५ इजरायल तेल अभिभ खेरमन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा…

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com