कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]


इजरायल र युद्ध

इजरायलको तेल अभिभ सहरको मुटुमा रहेको तेल अभिभ आर्ट म्युजियमको परिसरमा कुनै समय सिर्जनात्मक कला प्रदर्शनी हुन्थ्यो । पछिल्लो दुई वर्षदेखि भने यहाँ प्यालेस्टिनी लडाकु समूह हमासले अपहरण गरेर लगेकाहरुका आफन्त र अन्य शान्तिप्रेमी नागरिकको…

.

क्रमश शव्दहरु ...

कृष्णपक्ष थापा यतिखेर हामी जेरुसेलम इजरायलको हारनोफ भन्ने सानो पहाडी वस्तिमा छौँ । ठ्याक्कै नेपालको कुनै ग्रामीण इलाका प्रतीत हुने यो वस्तिमा उकालो ओरालो र हरिया पहाडका थुम्काहरू छन् ।…

आर्टिस्ट हाउस तेल अभिवमा चित्रकला र मूर्तिकलाका गुरु छन् – गाद एपोटेकर । हामी ‘गाडी’ भनेर बोलाउँछौँ उनी रिसाउँदैनन बरु खुसी हुन्छन् किनकि हिब्रुमा नामको पछाडि ईकार लगाउँदा त्यसले अझ…

हामीले अखबारमा पढ्दै आएका छौँ कि इजरायलमा एकै पटक सयौँको सङ्ख्यामा क्षेप्यास्त्र प्रहार गरिए तर ती इजरायलको जमिनमा खस्न नपाउँदै आकाशमै ध्वस्त भए । यस्तो कसरी सम्भव छ ? आउनुस्…

शरद ऋतुको शीतलता छाएको मौसम थियो । प्रत्याक्रमणमा इजरायलले गाजातर्फ कुन हविगत बनाएको होला ? प्यालेस्टिनीको नियतिमा परेको यो बज्रपातको कल्पनाले पनि मलाई दुखी बनाउँछ ।सफा धरती, धूलो मैलो र…

अक्टुबर १८ २०२३, बुधबार कृष्णपक्ष थापा /जेरुसलेम इजरायल जेरुसेलम अस्पतालमा नेपाली विद्यार्थी म मरिहालेँ भने आमाको हेरचाह गर्दिनु है । बङ्करको अँध्यारोमा घाइते अवस्थामा उनले पोखेको पीडाले कति मर्माहत बनायो…

कृष्णपक्ष थापा जेरुसलेम इजरायल अक्टोबर ७ शनिवार । बिहान सवा आठ बजेको हुँदो हो, अचानक जेरुसेलममा हवाई हमलाको खतराको साइरन बज्यो । हालसम्म इजरायलको उत्तरमा लेबनान र दक्षिणमा गाजातर्फका सिमाना…

प्रिय तिमी, फेरि एकपटक मिठो सम्झना ! सम्बोधनमा तिमी भनेर लेखिसकेपछि पक्कै अनुमान लगाउनु भयो होला उनी पक्कै कुनै प्रेमिका या नारी पात्रा हुन, गलत । त्यो निलोकालो भयंकर विम्बबाट…

मौसमले वसन्त बोलाइसकेको छ, धर्तीमा हरियो रङ्ग र सडक छेउका घाँसहरूमाथि गुलाबी रङ्गको सघनता बढ्न थालिसकेको छ । यस्तो बेला इजरायलमा पारिला घाम र पार्कका रमणहरू निकै मिठा हुन्छन् तर…

ठिक छ तिमीले भन्यौ यो रीत हो- वियोग मिलन पछिको विछोड .. घाम पछिको छाया … भेटिनु अनि छुटिनु ..…

एल्टोन टावरको बाहिरी परिसरमा हो उनीहरुले पहिलो पटक भेटेका । पहिलो भेटमै रुबीले आफु चंचल भएको प्रमाण दिई – रमाइला…

एउटा गज़ल लेख्दैछु मान्छेको नाउँमा ……। “लामो समय विस्थापित जीवन बिताएर उनी गाउ फिरे, १२ बजे राति उनलाई घरबाट अपहरण…

मध्यपूर्वको यो समृद्ध इजरायल उत्तरको सुंदर पहाडी वस्ति हाइफा जहाँ भू-मध्यसागरको किनार नजिक उभिएर म लेबनान माथिको बादल नियाल्छु…

कल्पनाको निलो सगरतल इन्द्रेणी रंगका यी प्रसूनहरू मलाई घामको झुल्को जस्तै लाग्छन म हेरिरहन्छु । तेल अभिभ केन्द्र नजिकैको यो…

एक छलांगरगतको रातो छालआँखै अगाडि छल्किएर बग्छस्देरोत, अस्कोलोन, अनि जेरुसलेम शहर भरिभरिरकेटका घातहरू दुख्दै जान्छनअनि तिम्रो देशको धर्मतिम्रो देशको समाचारतिम्रो…

प्रकरण १ जनवरी १५ इजरायल तेल अभिभ खेरमन पहाड़ माथि हिउ खस्न थाली सकेको थियो । सेताम्य हिउका थुप्राहरु हेर्दा…

भत्किएका पत्थरहरु कृष्ण थापा इजरायल आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विसर्िएका छैनौ । इतिहास धर्म…

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com