मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउँदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरू आफूलाई पवित्र र महान् ठान्ने आर्यहरूको अग्नि कुन्डमा भस्म भइरहेका थिए ।  

मौनताको नदी चुपचाप बगिरहेको थियो उसको र मेरो बिचमा …। फेरि सोच्छु, उसले र मैले बनाएको परिचयको, आत्मीयता र अपनत्वको पुल अब भत्किएकै हो त ? जब उ सँग बोल्थेँ, हाँस्थे खेल्थेँ वा उसलाई लिएर घुम्न निस्कन्थेँ, त्यो नदीमाथि यस्तो पुल बन्थ्यो जहाँ उभिएर हामी धेरै उदाउँदा र अस्ताउँदा सूर्यहरू सँगै हेर्ने गर्थ्यौँ। म उसका अन्तिम पलहरू सहज बनाउने कोसिस गर्थेँ, जीवनका गीतहरू सुनाउँथेँ ।

बिलकुल पृथक् परिवेशबाट आएको एउटा नोकर र मालिक बिचको सम्बन्धको पुल थियो त्यो। जहाँ टेकेर मैले उसका जीवनका असङ्ख्य भोगाइहरू, घटना र कथाहरु सुनिदिएको थिएँ, एउटा पाठक बनेर ।

एउटा कथा यस्तो थियो ।

 

1942 वार्शा, यहुदी बस्ती, पोल्यान्ड ।


हिट्लरका सैनिकहरूले पुरै पोल्यान्ड कब्जामा लिइसकेका थिए । चोक चोकमा यहुदीहरूको डफ्फा जम्मा पारिएको थियो, तिनीहरूलाई बन्दी बनाएर जर्मनी लगिँदै छ भन्ने हल्ला चलेको थियो ।चकमन्न अँध्यारोले ढाकेजस्तै त्रासको वातावरण चारैतिर फैलिएको थियो । 

त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन् पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अङ्कमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउँदा ‘कैदी नम्बर यति भन्नू’ उनीहरू प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।
यहुदीको भीडबाट सैनिकले भिन्न भिन्न समूहहरू बनाइरहेका थिए । एकातिर रोगी, आइमाई केटाकेटी, बुढाबुढी  र अर्कोतिर तन्नेरी युवायुवतीहरू । पहिलो समूहमा पर्नेहरूलाई सिधै यज्ञमा बली दिइन्थ्यो र इहलीला स्वाहा पारिन्थ्यो । दोस्रो समूहमा पर्नेहरूलाई भने दास बनाइन्थ्यो, आफैँ थाकेर वा कुनै रोगले थलिएर नमरुन्जेल सम्म तिनीहरू कुनै शिविरमा बन्दी भएर बस्थे । 

मानवीयता नै काँप्ने यो कत्रो अन्याय ? के एउटा जातिले अर्को जातिका लाखौँ मानिसलाई यसरी जिउँदै आगोमा होमेर मार्न सक्छ ? तर यो सत्य थियो, लाखौँ यहुदीका देहहरू आफूलाई पवित्र र महान् ठान्ने आर्यहरूको अग्नि कुण्डमा भस्म भइरहेका थिए ।  

त्यस बेला उसको उमेर 14 वर्षको थियो, आमा र भाइ बैनीहरू लगातार रोइरहेका थिए । बाँच्ने कुनै आधार थिएन, अघिल्लो हप्ता देखि नै पिताको अत्तो पत्तो थिएन । उसको मनमा भाइ बैनी र आमा सँग छुट्टिन नपरोस् भन्ने थियो तर दास भएरै पनि  कतै बाँचिहाल्छ कि भन्ने झिनो आशामा आमाले उसलाई उमेर ढाँट्न सिकाएकी थिइन, कसैले सोधे  20 वर्ष भन्नु है । 

“कति वर्ष भई ? “
पोलिस भाषामा एउटा सैनिकले भन्यो ।
“20 वर्ष …”

उ अग्लो र खाइलाग्दो थियो, सबैले पत्याए  । त्यसपछि उ तन्नेरीहरूको  समूहमा मिसियो त्यही बेला उसले अन्तिम पटक आफ्नी आमाको अनुहार देख्यो, त्यसपछि उनीहरूसँग यो जुनीमा कहिल्यै भेट भएन  । मृत्युको भय भन्दा पनि त्यस घडी उसभित्र बिछोडका पीडाहरू मडारिएका थिए ।
मृत्युले सहजै तान्न नसकेको मेरो जीवन आफैंमा एउटा चमत्कार हो । यु नो क्रिश, माइ लाइफ इज अ मिराकल

 त्यसपछि सैनिकको ट्रकमा ओसारिएर उ जर्मनीको बर्लिन् पुग्यो । त्यहाँ पुग्दा उसले आफ्नो अस्तित्व मेटिई सकेको पायो, अब उसको नाम समेत कुनै अङ्कमा अनुवाद भैसकेको थियो । एक अर्कालाई बोलाउँदा ‘कैदी नम्बर यति भन्नू’ उनीहरू प्रत्येकको शरीरमा नम्बरको ट्याग लगाइयो ।

हजारौँ यहुदीहरू दिनदिनै मारिइरहेका थिए । शिविर भित्रै विशाल चिहान बनाइएको थियो, उसले त्यहीँ काम पायो ठेलागाडीमा शव ओसार्ने, उ हरदिन आफ्नै शरीर पनि एक दिन यसरी नै गाडीमा राखिएको र आम चिहानमा पुरिएको कल्पना गर्दथ्यो । तर उ त्यस बेला सम्म मृत्युसँग खेल्दै बाचिरहेको थियो । 


एक वर्ष पछि उसलाई चेकोस्लोभाकिया लगियो,  त्यस शिविरमा आएका अधिकांश बन्दीहरूको पालै पालो निर्मम हत्या भैसकेको थियो । हरेक हप्ता रोग र आत्महत्याका कारण सयौं यहुदीहरू ढलिरहेका थिए । एक दिन उसको पनि पालो आयो, ग्यास च्यामबरमा राखेर मारिने मितिको घोषणा भयो । उ रात भरी सुत्न सकेन, बिहानको सूर्योदय नहुँदै उसले आफूलाई तयार गरायो । क्रमशः उसले भाइ बैनी र आमाको अनुहार सम्झियो । 

तर मृत्युले यस पटक पनि उसलाई अङ्गाल्न सकेन । शिविर वरिपरि कोलाहल मच्चिएको सुनिन्थ्यो, कैदीहरू भागाभाग गर्दै थिए, उसले पनि त्यसै गर्‍यो । भाग्नेहरूको हलमा मिसिएर बाहिर पुग्दा, शिविरका गेटहरू राति नै  भत्किसकेका थिए । निकै पर सम्म उसले रसियन सैनिकका गाडीको  लस्कर देख्यो । यति बेला सम्म रसियन फौजले बन्दी शिविरका कैदीहरूलाई मुक्त गरिसकेका थिए । 

आफूले भोगेका जीवनका कथाहरू सुनाउँदै गर्दा उ बारम्बार भन्थ्यो – “मृत्युले सहजै तान्न नसकेको मेरो जीवन आफैँमा एउटा चमत्कार हो । यु नो कृश, माइ लाइफ इज अ मिराकल । “

इखिलोभ हस्पिटल, इजरायल

यस बेला उ अस्पतालमा आखिरी सासहरू गनिरहेको थियो । आखिरी पनि के भनौँ ? जीवन र मृत्युको दोसाँधमा उ महिनौँ अल्झिरहेको थियो । उसको अनुहारमा अब कुनै भाव थिएन, तन मात्र हैन, आँखा पनि संज्ञा शून्य हुँदै गइरहेका थिए । लाग्थ्यो अब उ बिमारीको त्यो अवस्थामा पुगेको छ, जहाँबाट फर्केर आउने कुनै पनि बाटो छैन । प्रतीक्षा केवल मृत्युको छ, त्यो आअोस र पिडासँग गाँसिएको उसको साइनो तोडिदेओस् । दुखको यो सिलसिला सदाको लागि समाप्त होस् ।

मर्फिन .. होसमा आउँदा उसले बोल्ने शब्द यही थियो – जीवनदेखि यति धेरै पीडा भएको छ कि, पेनकिलरको अर्को डोज लिन चाहन्छु र पुन निदाउन चाहन्छु । अर्को संसारमा हराउन चाहन्छु, मेरो स्वप्नदेवसँग।

यो बुढो मान्छेको सुसारे भएर इजरायलमा धेरै समय बितिसकेको छ । म उसको हात सुम्सुम्याउछु र सबै ठिक हुन्छ भन्छु तर मलाइ थाहा छ अब केही  ठिक हुँदैन, उसको यात्रा एकतर्फी भैसकेको छ, जहाँ बाट फर्केर आउन मिल्दैन ।

दिन महिना र हप्ता उफ् ! हरेक दिन र हरेक पल ..  यो समयको मोल कति हुन्छ भन्ने थाहा हुँदाहुँदै पनि यही बुढो मान्छेको एकनासे यात्रामा मैले मेरा अमूल्य समयहरू यसरी नै बरबाद गरिरहेको थिएँ । लामो समयसम्म उसले आँखाबाट आँसु बगाइरहने फुर्सद र मलाइ त्यो पुछिरहने धैर्य कहिले सम्म हुने हो ? म अत्तालिँदै गइरहेको छु ।

कहिले त मनमा यस्तो बिचार पनि आउँथ्यो – हे भगवान् यो बुढो मान्छेको पीडासँग गाँसिएको अटुट सम्बन्ध छिटै फुकाइदेऊ र लैजाऊ । फेरी हठात् आफैलाई प्रश्न गर्छु – म किन यति कठोर भएँ हुँला ?अनायास उसको टीठलाग्दो मुहार हेर्थेँ – जहाँ जीवन र प्रेमको सग्लो आकार अझै बाँचिरहेको थियो ।

सुरुमा केही दिन त उसका आफन्तहरू सधैँ आए तर अहिले उसलाई भेट्न कोही आएका छैनन् । मलाइ आश्चर्य लाग्छ कि संसारमा यति धेरै एक्लो मानिस पनि हुँदो रहेछ ? आफन्त भएरै पनि जिन्दगी भरी उ एक्लो थियो र जीवन र मरणको यो अन्तिम लडाई मा पनि एक्लै छ । उसको देह मुढोमा परिणत भैसकेको छ, स्नायुले शरीरका कुनै पनि भाग सँग समन्वय गर्न सक्ने अवस्था छैन । आँखा र ओठ बाहेक अन्त कतै प्राण बाँकी नभएजस्तो सम्पूर्ण शरीर स्थिर छ । कहिले फेरि मनमा यस्तो पनि विचार आउँथ्यो, कि उ जुरुक्क उठ्न सक्छ,बोल्न, हिँड्न डुल्न सबै गर्न सक्छ – तर आफै निदाउन चाहन्छ ।

उसको र मेरो बिचमा अब मौनताको नदी झन् झन् बढिरहेको थियो, पटक पटक कुनै दुःस्वप्न बाट झस्किए झैँ केही आवाज निकालेर पुन उ स्वप्नदेव मर्फिनको नशामा हराउथ्यो ।

‘कृश !’
उ केही बोल्न खोज्छ, विल यु प्लिज होल्ड माइ ह्याण्ड ? ‘
मलाइ थाहा थियो उसको हातले कुनै स्पर्शको महसुस गर्न सक्दैन तर मलाइ लाग्यो  कि स्पर्श त्वचाले नभई मनले महसुस गर्छ शायद ।

मेरो अन्तिम सास सम्म तिमी मेरै समीप बस ल ?
उसको अनुरोधले म फेरि स्तब्ध हुन्छु। अहोरात्र घर अस्पताल धाउँदा धाउँदै म आफै बिमारी हुन मात्र बाँकी छ, यद्यपि सान्त्वनाको मुन्टो हलाउँछु र भन्छु –  म यही छु तिम्रै छेउमा, तिमीलाई छोडेर कतै जाँदिन, ढुक्क होऊ ।

थाहा छैन उसको यो यात्रा र मेरो प्रतीक्षा अझै कति लामो हुनेछ तर मेरो कानमा अझै उसका शब्दहरू गुन्जिरहन्छ – “यु नो कृश, माइ लाइफ इज अ मिराकल ।”


यो पनि पढ्नुहोस
बुढो मान्छेको मन

Share.

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com