Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- युद्धमैदानमा देखेको दृश्य
- कूटनीतिक कठघरामा देश, परीक्षामा बालेन शाह
- पराइ भूमिबाट देश खोज्नेहरूको प्रश्न : हामीले किन भोट हाल्न पाउदैनौँ ?
- बङ्गलादेश निर्वाचन : के साँच्चै यो जेन-जी आन्दोलनको हार नै हो त, जसले सडकमा रगत बगाए ?
- समानुपातिक समावेशी प्रणालीको कुरुप अभ्यासको विरुद्धमा
- हालसम्म इजरायलमा किन संविधान बन्न सकेको छैन ? धार्मिक र धर्म निरपेक्षबिचको अनन्त संघर्षको कथा
- नीतिगत अस्पष्टता र प्रविधि कम्पनीको अटेरीपनले निम्त्याएको सन्नाटा
- विपिन जोशीका आमा र बहिनीका पीडामा सँगै रोयो तेल अभिभ सहर
इजरायल । युद्ध डायरी
भारत र चीनले नेपालको आधिकारिक नक्सामा समेटिएको लिपुलेक भन्ज्याङबाट पुनः सीमा व्यापार सुरु गर्ने तयारी गरेका छन्। करिब ६ वर्षदेखि बन्द रहेको उक्त नाका सन् २०२६ को व्यापारिक सिजनदेखि पुनः सञ्चालनमा ल्याउने योजना बनाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन्। लिपुलेक…
कहाली लाग्दो नियति बनेर परदेश बिझेको बेला उसका वर्तमानहरूमा भो नसोध खै तेरो देश ? भो नसोध खै तेरो परिचय ? जापानी होचा पहाडका गर्तहरूमा जम्मू कश्मीर, मलायका जङ्गलहरू र खाडीका ताता बालुवा वा अफगानिस्तानका मरुभूमिहरूमा उसले आफूलाई कतै हराएको…
दैनिकी क्रमश :
I am KrishNa Thapa , from Nepal, living in Israel now. I am passionate about Art & literature. My creations are inspired by realistic events and subjects around me. I use acrylic and watercolor as a medium on my paintings. My style of work is figurative but sometimes I also paint abstract art.
Read More
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...


















