कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह “तिर्खा” अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्न सकिने छ । केन्द्र भाग देखि टाढाका शहरहरु जेरुसेलम, हाइफ़ा, वीरशेवा लगायतका स्थानहरुबाट पाठकको अत्याधिक माग र छुट्टीको समस्यालाई ध्यानमा राखी यो सुबिधा दिन लागिएको हो । यो सेवा हाल इजरायलका पाठकहरुको लागि मात्र गरिएको हो ।

विगत लामो समयदेखि इजरायलमा रहँदा मैले रचेका छोटा छोटा कथाहरुको संकलन हो यो – तिर्खा कथा संग्रह । यहाँ परदेशी मनका तिता मिठा अनुभवहरु छन, प्रवासका पीडाहरु छन । बालुवाको बिस्कुन फिजाएर तिर्खै तिर्खा बाँच्ने शहरको कथा छ । विशेषगरी इजरायल प्रवास र परिवेशको चित्रण छ यसभित्र ।

तपाईंको अर्डर कन्फर्म भएपछि दुई दिन भित्र हामी तपाईंको पुस्तक तपाईंको ठेगानामा पोष्ट गरिदिनेछौं ।

पुस्तक खरिद गर्नको लागि तपाईंले साइडबारमा रहेको “Buy Now’ लेखिएको बटन थिचेर आफ्नो सही विवरण भर्नु पर्नेछ । पुस्तक तपाईंको घरमै आउनेछ ।

Share.

म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.

Leave A Reply

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com