इजरायलमा जाडो अझै घटेको छैन । आजकल अलि फुर्सद त्यति छैन, फेरी बिजी भएको छु, व्यस्तताको सेरोफेरो सधै उस्तै हुने रहेछ, जति मिलाए पनि नहुने । फेसबुक होस् या ब्लग कतै पनि अपडेटेड भइएको छैन ।
फेस्बुक र त्विटर तिर केही मित्रहरुको स्टाटस पढेपछि मलाइ नि यस्तै लाग्यो, श्रष्टाको अवसानपछि पोखिने लोकाचारका झुठा आँसुहरुमा पनि कन्जुस्याइ हुदो रहेछ, भएको देखियो । त्यसो त नेता किशुनजीका महत्ता र सम्मानप्रति कसैको असहमति छैन तर उनका अनगिन्ति समाचार तस्वीर र प्रत्यक्ष प्रसारण समेत गरेर पलपलका खबर प्रकाशन/ प्रसारण भैरहंदा कतिपय वेव साइटले अहिले सम्म मुख पृष्ठमा नै साहित्यकार राणा केवल बिरामी भएको देखि यता उनको देहावसानको खबर अपडेट नै गर्न भ्याएका छैनन् ।
-
डायमण्ड शमसेरको मृत्युमा हामी साहित्य प्रेमीले मनमनै तोप पड्काएर बिदाई गर्यौं । जसलाई राज्यले सम्झिनुँ उचित ठानेन भने किसुनजीको मृत्युमा चाही पशुपतिको जंगल थर्किने गरी नेपाली सेनाले तोप पड्काएर बिदाई गर्यौ । धन्य होस् नेताहरूको बुद्दिलाई जसले यो देश तिनीहरूको मात्र ठानेका छन् । तर यो पनि नबिर्सिनु कि साहित्य, भाषा, संस्कृति ति मूला नेताहरू भन्दा पनि माथीको चिज हो जुन शताव्दियौं सम्म जिवित रहनेछ ।
उनको स्टाटस पढेपछि भित्र एउटा साहित्य अनुरागी बाँचिरहेको कृष्णपक्ष पनि प्राभावित भयो ।
म राजधानीमा भर्खर आउँदाका दिनहरु थिए, डायमण्ड समसेरका कृतिहरु अनिता,सेतो बाघ र वसन्ती पढ्दाका ती मिठा क्षणहरु आजपनि सम्झिरहेको छु । उनका कृतिहरु पढ्दा इतिहासको कुनै कालखण्डको सजीव चित्र दृश्यावलोकन गरेझैं या जीवनका वास्तविक घटना पढ़ेझैँ अनुभूत गर्थें म। नेपाली साहित्य आकाशका महान साहित्यकार डायमण्ड समसेर आज हामीमाझ हुनु हुन्न, सदा सदाका लागि विदा भइसक्नु भएको छ, यद्यपि उनका ती अनमोल कृतिहरु हाम्रो साहित्यको भण्डारमा युगौंयुग बाँची रहनेछन, सधै सधै भरी ।
वसन्तीको यो मिठो प्रेमिल गीत संगै, उनको आत्माको चीर शान्तिको कामना व्यक्त गर्दछु ।