कहिलेकाही मन परे यस्तो पनि लेखिन्छ । कारण उ एउटा गतिमा बगिरहेको समाजको बहाव विपरित हिड्छ, कारण उ आफ्नै मनको कुरामात्र सुन्छ , कारण उ अटेरी छ…. कारणहरुको फेरहिस्त लामो हुन् सक्ला । त्यसैले पाच शेरहरूमा जति अटेका छन, आउनुस यो गज़ल नै सुन्नुस न त ।
धेरैबेर एक्लै एक्लै रमाइस बहुलाहा
मनले खा’को बाटो जब समाइस, बहुलाहा ।
कोरीको खुट्टा ढोगी धेरै ठूला भए यहाँ
नमानेर तैंले नाम कमाइस, “बहुलाहा”
ढाँट्ने, छल्ने, झुठ बोल्ने, हुन्छ उत सद्दे मान्छे
सत्य बोली आफूलाई बनाइस, “बहुलाहा”
मालिकको दास हुन टीको थाप्न अरु जाँदा
तैंले चाहिँ हक मागी भनाइस, “बहुलाहा”
तेरो कथा बदनामीको लेख्छ साले -कृष्णपक्ष
किन यस्तो दाग कालो लगाइस, बहुलाहा ?