सुटुक्क मन साटेकै राम्रो
उमेर छदैमा आँटेकै राम्रो
मुहारै छोप्न, आउँछ केश
सपक्क पारेर , बाटेकै राम्रो
लक्षण हो यो, यौवन खुल्ने
पुरानो चोली फाटेकै राम्रो
“कहाँ गएकी”? बाबाले सोधे
कहिलेकाहीं त, ढाँटेकै राम्रो
कृष्णपक्षको, रात भए’नि
मायाको साथमा, काटेकै राम्रो