… कतिखेर समय बितिसकेछ पत्तै भएन, हजारौं रंगीन वत्तिहरूको चमक बोकेर तेल अभिभ शहरले आफ्नो रुप बदलिसकेको थियो । अब हामी दुइले बिदाइको हात हल्लाउनु र आफ्नो आफ्नो बाटो लाग्नु थियो । साँझ ढलेपछि सूर्यले झैं चुपचाप बिदा माग्नु थियो ।
जाने घडी उसको आँखामा आँसु पोखिनु एकदम अस्वाभाविक र अनपेक्षित थियो । यदि हामीमा प्रेम पलाएको थियो भने जरुर भन्न सक्थ्यौं । बर्षौं देखि फुल्दै र झर्दै गर्ने यही सडक किनारको शिरिषको रुखनेर उभिएर वा उद्यानको अलिपर कुनामा राखिएको बेन्चमा बसेर हामी निस्फिक्री प्रपोज गर्न सक्थ्यौं । वा कुनै न कुनै बेला अभिव्यक्त हुन्थ्यो होला तर त्यस्तो कहिल्यै भएको थिएन ।
म असमन्जसमा परें, मलाई सोध्न मन लाग्यो – गफी के तिमी मलाई प्रेम गर्छौ ? तिम्रो आँखाको आँसुलाई म कसरी अर्थ्याउँ गफी ? के यो बिदाइको सामान्य भावुकता मात्र हो या तिम्रो प्रेम आँसु बनेर पोखिएको ? तर मेरा ओठहरूबाट कुनै शव्द निस्किएनन । वातावरण एकदम मौन थियो ।
उसका आँसुहरू अब थामिएका थिए ।
मेरो छातीभित्र सकेसम्म आफूलाई लुकाएर उसले भनी – “आई लभ यु .. ”
आकाश छुने उद्दाम रहर बोकेर उफ्रिरहेका पानीका चन्चल फोहोराको कलकल संगीतसँगै मिसिएर उसका यी तीन शब्दहरू धेरैबेर गुन्जिरहे, प्रतिध्वनित भइरहे । …
तीन थोप्लाहरु अर्थात क्रमश: । माथिको कथांशको अगाडी र पछाडी तीन थोप्लाहरु छन । मेरो कथा संग्रह “तिर्खा” को सानो अंश हो यो । बाँकी तिर्खाचाहि पुस्तक पढेर नै मेट्नुहोला । तिर्खा कथा संग्रह शव्दहार क्रियसन्सले बजारमा ल्याएको हो । आवरणको फोटो यस्तो छ ।
तिर्खासँग फेसबुकमा जोडिन चाहनु हुन्छ भने यहाँ क्लिक गर्नुहोस – https://www.facebook.com/tirkhaa