क्रमश सड़क गल्ली चोक बल्न थाल्यो
हिजै जस्तो फेरि सबै थोक बल्न थाल्यो
खंड खंड हुन्छु भन्छ गणतंत्र नयाँ नेपाल
सांध बार्ने किचलोमा लोक बल्न थाल्यो
दशै कहिले आउला बाबै लालाबाला सोध्न थाले
हर्के दाइको चुल्हो माथि भोक बल्न थाल्यो
कसले कस्तो चित्र कोर्यो रगतको रंगसँग
तेह्र हजार आत्मा रोए शोक बल्न थाल्यो
फुसफुसे खरको छानो नीति नियम कठै बरा
काजीकै हुकुम आदेश तोक बल्न थाल्यो