कृष्णपक्ष थापा [KanxeY]
whatsapp
कृष्णपक्ष थापा [KanxeY]


यहाँ प्रत्येक पलहरू मूल्यवान थिए । सुन्दर नगरी लिमासोलको शहर,…

.

क्रमश शव्दहरु ...

कुनै नयाँ शहर, नयाँ देशमा हराउनु, या परसम्म फैलिएको समुद्रको किनारमा उभिएर आकाश र धरतीको मिलनविन्दु क्षितिज नियाल्नु र छालहरूसँग प्रेमगित गुन्गुनाउनु … साइप्रसको यो भूमिमा पाइला टेकेपछि यस्तै यस्तै…

साइप्रसको लारनाका विमानास्थलमा उत्रदा साँझको सिरसिरे बतास चल्न थालेको थियो । बाहिर आकाशमा पश्चिमतिर पुगेको घामले धरतीसँग बिदा माग्दै थियो । सुरक्षाको कारण इजरायलको राष्ट्रिय ध्वजावाहक विमान ‘एलाल’ को उडान…

मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका, हिड्दा हिड्दै बाटोमा देखिएका, इन्टरनेटमा भेटिएका या आफ्नै कल्पनाको पखेटा…

“लिमासोल मरिना” ग्रिष्म ऋतुको एक साँझ आइपुगेको छु निकै पर समुद्रको किनारै किनार … बग्दै बग्दै त्यसरी नै जसरी बगेको हेर्थें सानो हुँदा कागजको डुंगा, आगनको छेउको कुलै कुलो त्यसरी…

गृष्म याम छ, इजरायलको तेल अभिभ शहरमा हल्का गर्मी बढेको छ । जुलाइको पहिलो साता, तर उस्तो गर्मी र पसिनाका अनुभवहरू किन भएका छैनन् भने अधिकांश, घर, पसल, कारखाना, शपिंग…

मध्यपूर्वी देश इजरायलको पृष्ठभूमिमा आधारित भएर लेखिएका २३ थान कथाहरुको संग्रह “तिर्खा” अब इन्टरनेटबाट घरमै बसेर अनलाइन खरिद गर्न सकिने छ । केन्द्र भाग देखि टाढाका शहरहरु जेरुसेलम, हाइफ़ा, वीरशेवा…

…  कतिखेर समय बितिसकेछ पत्तै भएन, हजारौं रंगीन वत्तिहरूको चमक बोकेर तेल अभिभ शहरले आफ्नो रुप बदलिसकेको थियो । अब हामी दुइले बिदाइको हात हल्लाउनु र आफ्नो आफ्नो बाटो लाग्नु…

कहिलेकाही शहरमा निस्फिक्री उडने बताससँग बग्न मन लाग्छ स्वतन्त्र आकाशमा । तर जीवन त्यति सजिलो कहाँ छ र ? हाम्रो स्वतन्त्रताको खुल्लापनामा अनेकन बाध्यताका पर्खालहरू उभिएका छन । अनेक देशक…

नत्र के थाहा , म कुन शहरको कुन गल्लीमा, कुन महलमा वा झ्यालखानामा खुन संग नुन साटिरहेको छु, पसिना बेचिरहेको…

 बिगत लामो समयदेखि यो ब्लग अपडेट थिएन । कृष्णपक्षको ब्लगतिर कहिलेकाही चियाउने गर्नु भएको भए पक्कै याद गर्नु भएको होला…

जेरुसेलम, माउन्ट ओलिभ, इजरायल । बितेका दिनहरु फर्कंदैनन – समयको नियम । तर सम्झनाहरु भने बारम्बार फर्किरहन्छन, हृदयको ढोका ढकढक्याउदै…

पहिले पहिले ‘इतिहासको ब्याज’ भन्ने वाक्यांश खूब प्रयोग गरिन्थ्यो । मेरा पुराना मित्रहरु ! त्यसको अर्थ कसकसलाइ थाहा छ ?…

आमा सँग कुरा गरेर म भावुक भएछु, कतिखेर आँखा रसाए पत्तो पाइन । कम्प्युटरमा आमा हुनुहुन्छ। मेरो झुस्स दारी र…

यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट गर्न सकिन । अनगिन्ती घटनाहरुको…

धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो मानिस मेरो अगाडि आफैँमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले…

नोवल्टी सिनेमा घरमा ‘एल ओ सी कारगिल’ लागेको थियो । कारगिलमा पाकिस्तानी सैनिकहरूसँग भएको सीमा सङ्घर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरू र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरू पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले खुब चर्चा पाएको थियो, यद्यपि ती सबै भारतीय स्वाभिमानसँग जोडिएर प्रस्तुत गरिएका थिए । नेपाली जातीय स्वाभिमानका प्रश्नहरू त केवल मेचीपारिका नेपाली भाषीका छातीभित्र र तिनले कोर्ने साहित्यमा मात्र सीमित थिए । घाम धेरै माथि आइसकेको थियो, सबेरै कालिम्पोङका साँघुरा बजारमा उभिएका सटरहरूले आँखा खोलिसकेका थिए । बिहानै चिन्मयको पसलमा एउटा गीत सुनियो – बस इतना याद रहे एक साथी और भी था ~~~ ———————- हिजो साँझ अबेरसम्म खुब रमाइलो गरियो, रेली खोलाको किनारमा । केही समयदेखि दिनदिनै पिकनिक चल्न थालेको थियो हाम्रो । ७/८ जना भेला भयो, गाडी रिजर्भ गर्‍यो एकतिर कुद्यो । बिहानसम्म ह्याङगओभरले छाडेको थिएन, आज अर्को दिन सुरु भैसकेको थियो, कहाँ जाने र के गर्ने? योजना तय भएको थिएन । प्रमुख योजनाकार बिहानदेखि देखिएन, मैले सोधेँ, आज ‘कविन’ खै त? आज भने ऊ एउटा काममा व्यस्त हुने भयो । हाम्रो योजनाहरूको सूत्रधार हुन्थ्यो कविन । ल यसो गरूँ भनेपछि तुरुन्त चाँजोपाँजो मिलाई हाल्थ्यो । आधा कालिम्पोङ बस्थ्यो आधा काठमान्डु । “बोर” लागेको भए सिनेमा हेर्न जाम न त ? सँगै उभिएको समीरले भन्यो । बोर त एक महिना अघि काठमान्डु छँदा लागेको थियो मलाई । त्यो भिडभाड र उच्चाटलाग्दो दैनिकीबाट फुर्सद निकालेर कतै पर जाऊँ, लामो समय बिदा मनाउन निस्कूँ । भारतको पश्चिम बङ्गालस्थित दार्जीलिङ जिल्लाको कालिम्पोङमा थिएँ म, नेपाल बाहिरको नेपाल । जीवन यात्राको सिलसिलामा कहीँ कतै भेटिएर घनिष्ठ हुन पुगेका यी तिनै साथीहरू थिए, जसलाई काठमान्डुका गल्ली गल्ली घुमाएको थिएँ मैले । स्वयम्भूमाथि चढेर उपत्यका नियाल्दा होस् या साँझ परेपछि ठमेलका गल्लीहरू चक्कर लगाउँदा, हामी त्यसताका सधैँसँगै डुल्ने साथीहरू थियौँ । नगरकोट देखि थानकोट वा दामनसम्म धेरै घुमघाम, भेटघाट र पिकनिकको आयोजना गरेको थिएँ मैले त्यो ग्याङसँग । आज पैँचो फर्काउँदै त्यही समूह मसँग कालिम्पोङ घुमिरहेको थियो । पहाडमा उभिएको, फुल फूलले सजिएझैँ यो बस्ती, बजार र सबै आफ्नै जस्ता लाग्ने नेपाली भाषी नेपाली अनुहारहरू । यस्तो प्रतीत हुन्थ्यो, यो वस्ति मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु । बजारको टाउको जस्तो बनेर बसेको दुर्पिनडाडा माथि उक्लनु, टिस्टा रञ्जित फाँटहरू नियाल्नु वा उत्तर पश्चिम क्षितिजतिर फैलिएको मनोरम कंचनजंघाको लहर हेरेर घण्टौँ रोमाञ्चित हुनु र कुनै कविता कोर्नु, यी कालिम्पोङ सम्झनाका झल्याक्क झुलुकहरू हुन्  । स्मृतिको त्यस खण्डमा विशेष गरी धर्म र शान्तिका मन्त्रहरू गुन्जिरहने पुराना बौद्ध गुम्बाहरूको सङ्गीत पनि मिसिन आइपुग्छन् । मुभी हेर्न जाने मुड भएन, त्यसै पनि अरूको स्वाधीनतामा हस्तक्षेप गर्ने देशको राष्ट्रवादी फिल्म । जब ठाउँ ठाउँ देशका सीमाहरू मिचिएको खबर फैलन्छ /नेपाली भूभाग खोसिएका, ताछिएका समाचारहरू बारम्बार सुनिन्छ,अझ वितृष्णा बढेर आउँछ यो देश प्रति । अनि जब हृदयका स्पन्दनहरूमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरू भेटिन्छन्, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरि एक पटक बेस्सरी दुखे जस्तो लाग्छ  – मेरो त्यसताकाको किशोर भावना । जोस्फिन राई, पश्चिमाजस्तो लाग्ने नाम । उनीसँगको मेरो एउटा रमाइलो घटना म विशेष गरी सम्झन्छु । जोश्फिन राई क्रिश्चियन थिइन् । कालिम्पोङमा हुँदा हरेक आइतबार प्रार्थना गर्न जाने जोश्फिन र उनका क्रिश्चियन साथीहरू जब काठमान्डु जान्थे उनीहरूको त्यो क्रम भङ्ग हुन पुग्थ्यो । काठमान्डुमा छँदा एक दिन मैले उनीहरूको बारम्बारको आग्रहपछि ब्लेस्ड भर्जिन मरियमको गिर्जाघर लगिदिएको थिएँ । यो ललितपुरको धोबिघाटमा थियो, जसलाई एजम्सन चर्च भनिँदो रहेछ । “कृष्ण तिमी कसैलाई प्रेम गर्छौ ?’ गिर्जाघर बाहिरको उद्यानमा उनले प्रश्न गरिन् । मैले भने,…

आकाश घुर्मैलो देखिएको थियो, भूमध्यसागर माथि माथि उडेका बादलका पातला धर्साहरु सागरका छालहरुमा एना हेरेर जिस्किरहेझैं लाग्थे । असारसाउन महिनाको…

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

  कान्छेलाई गीतमा सुन्नुस ..

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com