तृप्ति र प्यास
मित्र ,
तिम्रो मृतसागर मा
म मृत्यु को कथा सुन्न आएको होइन
न ता यी बगर हरुमा लुकेका
प्यालेसताइन का प्यासहरु
अनुभव गर्न नै ।
तिमी भन्छौ यो प्यास कहिले मेटिंछ?
भो नसोध
तृप्ति र तृष्णा का परिभाषा हरु
तिम्रो युद्ध्मा यतिखेर आफैसंग अर्थहिन् बनेका छन ।
बलुवाले होइन
युद्ध को ताप ले मरुभूमि बनेको
तिम्रो देश को फोस्रो माटो
अझै पनि प्यासी नै छ ।
जसको प्यास मेटन तिमीले
केवल रगत मात्र चढायौ ।
हेर त
मरुभूमि भने सधे सधे
प्यासी नै रहिरह्यो रहिरह्यो ।
प्रतिभानेपाल.कम का लागि कृष्ण थापा