कृष्णपक्ष थापा [KanxeY]
कृष्णपक्ष थापा [KanxeY]

गज़लमा लेखिएको एउटा कथा

फेसबुक
ट्वीटर
पिण्ट्रेस्ट
लिंक्डइन

यसपाली मेरो गज़लको रदिफ उसका शेरहरुमा कथा सुनाउदैछ । शेरहरु अलग अलग सन्दर्भर भूमिकामा रचिएका छन जहाँ आएका छन – प्रेम मृत्यु र धर्मका बिषयहरु । प्राय गज़लमा अनेक बिषय अनेक प्रसंग र अनेक भावहरु अटाउने कोसिस गर्छु, यसरी नै यो गज़लमा पनि सो प्रयासको निरन्तरता छ ।

गजल यसप्रकार छ ।

 

सुनाउदैछ कोही आफ्नै पियारीको कथा
र छुटेको साथ अनि सवारीको कथा

उदास मनको आँगनीमा, भमराले लेख्यो
ओइलिएको फूल अनि फूलबारीको कथा

मृत्युको खेल खेल्ने कसाहीसँग मिल्छ
जाल बोकी उभिएको, जलारीको कथा

किसानको छातीभित्र त्यस्तो धेरै हुन्छ
खडेरीको खेत र रित्तो भकारीको कथा

किन किन लाग्छ मलाई पापी शिकारीझैं
मन्दिरमा खुँडा बोक्ने पुजारीको कथा

कृष्णपक्ष, धादिङ
हाल इजरायल

यसलाई फेसबुकमा यहाँ पढ्न सकिन्छ (तस्वीर गुगल)

 

Leave A Reply

Share :

Twitter
Telegram
WhatsApp

कृष्णपक्ष थापा

म कथाहरू लेख्छु, चित्रहरू कोर्छु यद्यपि लेख्नु र रङ्गसँग खेल्नु यी दुवै मेरा पेसा भने होइनन् । कर्मले त म पराइ माटोमा पसिना पोख्ने श्रमजीवी, विगत केही वर्षदेखि इजरायलमा छु । यस अर्थमा घर छोडेर विदेशिने युवाहरूको ठुलो हिस्साको म एक प्रतिनिधि पात्र हुँ ।


समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।

मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।

एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।

थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

© Krishna Thapa KanxeY
✉️ Email me at
kanxey@krishnathapa.com