Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: गजल
सुनसान छ चौतारो, पँधेरो र गाउँसम्म जाने गोरेटो । लाहुरे छोरा फर्कने प्रतिक्षामा छ त्यो झुपडी त्यो आँगन र बाआमाका…
ढुंगाजस्तो पानीजस्तो कहिले त कपासजस्तो पराग बोकी उड्छ मन वसन्तको बतासजस्तो हुनेछैनौँ यो शहरमा भोली हामी सधैँ सधैँ अलिकति रहनेछौँ…
यसपाली मेरो गज़लको रदिफ उसका शेरहरुमा कथा सुनाउदैछ । शेरहरु अलग अलग सन्दर्भर भूमिकामा रचिएका छन जहाँ आएका छन -…
शकुनीको टेढो चाल, चालेको छ यहाँ कसले अमृत भनी मिठो बिष हालेको छ यहाँ कसले ? . भोको नाङ्गो भएँ…
भर्खरै देशमा आंधीहुरी चलेको समाचार आएको छ । हरघडी भुकम्प, बाढी पहिरो तथा अन्य बिभिन्न किसिमको त्रासमा बाँचेको छ हाम्रो…
केही गज़लहरु जो नेपालको संविधान २०७२ जारि भएपछि भारतले नेपालमाथि लगाएको नाकाबन्दीको पृष्ठभूमिमा आधारित भएर लेखिए । त्यसै क्रमको यो…
पृष्ठभुमिमा एउटा समाचार लेख्छु र त्यसपछि गज़ल शुरु गर्छु ११ भदौ– टीकापुर नगरपालिका–६ शंकरपुरस्थित टायलले छाएको एकतले घरको आँगनमै थिइन्,…
मधेश आन्दोलनको यो र यस्तै यस्तै समाचारहरुको पृष्ठभुमिमा छ यो गज़ल मधेस आन्दोलनमा लागेर ज्यान गुमाउनेलाई ५० लाख रुपैयाँ दिने…
उ चाहन्छ हाम्रो घरमा दवाव हुनुपर्छ उस्कै धम्की, शासन र रवाफ हुनुपर्छ मित्रताको खोल ओढी आयो हाँस्दै हाँस्दै पक्कै उसको…
पहिले पहिले ‘इतिहासको ब्याज’ भन्ने वाक्यांश खूब प्रयोग गरिन्थ्यो । मेरा पुराना मित्रहरु ! त्यसको अर्थ कसकसलाइ थाहा छ ?…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...