Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- बङ्गलादेश निर्वाचन : के साँच्चै यो जेन-जी आन्दोलनको हार नै हो त, जसले सडकमा रगत बगाए ?
- समानुपातिक समावेशी प्रणालीको कुरुप अभ्यासको विरुद्धमा
- हालसम्म इजरायलमा किन संविधान बन्न सकेको छैन ? धार्मिक र धर्म निरपेक्षबिचको अनन्त संघर्षको कथा
- नीतिगत अस्पष्टता र प्रविधि कम्पनीको अटेरीपनले निम्त्याएको सन्नाटा
- विपिन जोशीका आमा र बहिनीका पीडामा सँगै रोयो तेल अभिभ सहर
- राष्ट्रियता च्यातिएका एक आदिवासी जनजाति
- युद्धमा अमेरिकी हस्तक्षेपपछि – इरानको सम्भावित प्रतिकार
- इजरायल-इरान युद्धको टाइमलाइन
Author: कृष्णपक्ष थापा
म कृष्णपक्ष थापा हो, म सुचना र प्रविधि, चित्रकारिता र नेपाली साहित्यमा रुची राख्छु । नेपाली कार्टुन एनिमेसन र कलाका विविध स्वरुपहरुमा आफुलाई प्रस्तुत गर्न रुचाउछु । I prefer to present all creative works related to my artistic identity, such as paintings, caricatures, or animations, under the stage name KanxeY.
आमा सँग कुरा गरेर म भावुक भएछु, कतिखेर आँखा रसाए पत्तो पाइन । कम्प्युटरमा आमा हुनुहुन्छ। मेरो झुस्स दारी र…
फूलहरुको यौवन र वसन्तको वैंश छाएको छ शहरमा । मौसम सफा छ, विहान र साँझपख अत्तर महकिएको पराग बोकेर हावा…
‘तिम्रो धेरै याद आउछ यति धेरै की जति तिमी कल्पनासम्म गर्दैनौ । वा जति म तिमीबाट लुकाउने कोसिस गर्छु त्यसभन्दा…
आज मैले आफ्नै आवाजमा कथावाचन पोडकास्ट गरेको छु, कस्तो लाग्यो सुन्नु होला । (यस कथाका घटना तथा पात्रहरु लेखकको कल्पनामा…
धेरै दिनपछि कथावाचनको अडियो सहित ब्लगमा उपस्थित भाको छु । मेरो अर्को कथा ‘इसरत’लाई रेडियो राजधानीको साहित्यिक कार्यक्रम स्पन्दनमा संचालिका…
Using conditional data: post.author You may have a blog with multiple authors and you want to give them the perfect…
यो कथा तिहारमा लेखिएको हो, तर खै केमा व्यस्त रहेर हो, विविध कारणले समयमा पोष्ट गर्न सकिन । अनगिन्ती घटनाहरुको…
नेपाल चौतारीको मीठो स्मृति आज एकपटक पुन दोहोर् याउन मन लागेको छ । त्यो चौतारी जहाँ सपनाको रित्तो थैलो बोकेर इजरायल…
धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो मानिस मेरो अगाडि आफैँमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले…
नोवल्टी सिनेमा घरमा ‘एल ओ सी कारगिल’ लागेको थियो । कारगिलमा पाकिस्तानी सैनिकहरूसँग भएको सीमा सङ्घर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र । गोर्खा राइफलले बगाएका रगतका कथाहरू र तिनले देखाएको बहादुरीका धेरै दृश्यहरू पनि थिए त्यहाँ । त्यसैले पनि होला यो भेगमा यसले खुब चर्चा पाएको थियो, यद्यपि ती सबै भारतीय स्वाभिमानसँग जोडिएर प्रस्तुत गरिएका थिए । नेपाली जातीय स्वाभिमानका प्रश्नहरू त केवल मेचीपारिका नेपाली भाषीका छातीभित्र र तिनले कोर्ने साहित्यमा मात्र सीमित थिए । घाम धेरै माथि आइसकेको थियो, सबेरै कालिम्पोङका साँघुरा बजारमा उभिएका सटरहरूले आँखा खोलिसकेका थिए । बिहानै चिन्मयको पसलमा एउटा गीत सुनियो – बस इतना याद रहे एक साथी और भी था ~~~ ———————- हिजो साँझ अबेरसम्म खुब रमाइलो गरियो, रेली खोलाको किनारमा । केही समयदेखि दिनदिनै पिकनिक चल्न थालेको थियो हाम्रो । ७/८ जना भेला भयो, गाडी रिजर्भ गर्यो एकतिर कुद्यो । बिहानसम्म ह्याङगओभरले छाडेको थिएन, आज अर्को दिन सुरु भैसकेको थियो, कहाँ जाने र के गर्ने? योजना तय भएको थिएन । प्रमुख योजनाकार बिहानदेखि देखिएन, मैले सोधेँ, आज ‘कविन’ खै त? आज भने ऊ एउटा काममा व्यस्त हुने भयो । हाम्रो योजनाहरूको सूत्रधार हुन्थ्यो कविन । ल यसो गरूँ भनेपछि तुरुन्त चाँजोपाँजो मिलाई हाल्थ्यो । आधा कालिम्पोङ बस्थ्यो आधा काठमान्डु । “बोर” लागेको भए सिनेमा हेर्न जाम न त ? सँगै उभिएको समीरले भन्यो । बोर त एक महिना अघि काठमान्डु छँदा लागेको थियो मलाई । त्यो भिडभाड र उच्चाटलाग्दो दैनिकीबाट फुर्सद निकालेर कतै पर जाऊँ, लामो समय बिदा मनाउन निस्कूँ । भारतको पश्चिम बङ्गालस्थित दार्जीलिङ जिल्लाको कालिम्पोङमा थिएँ म, नेपाल बाहिरको नेपाल । जीवन यात्राको सिलसिलामा कहीँ कतै भेटिएर घनिष्ठ हुन पुगेका यी तिनै साथीहरू थिए, जसलाई काठमान्डुका गल्ली गल्ली घुमाएको थिएँ मैले । स्वयम्भूमाथि चढेर उपत्यका नियाल्दा होस् या साँझ परेपछि ठमेलका गल्लीहरू चक्कर लगाउँदा, हामी त्यसताका सधैँसँगै डुल्ने साथीहरू थियौँ । नगरकोट देखि थानकोट वा दामनसम्म धेरै घुमघाम, भेटघाट र पिकनिकको आयोजना गरेको थिएँ मैले त्यो ग्याङसँग । आज पैँचो फर्काउँदै त्यही समूह मसँग कालिम्पोङ घुमिरहेको थियो । पहाडमा उभिएको, फुल फूलले सजिएझैँ यो बस्ती, बजार र सबै आफ्नै जस्ता लाग्ने नेपाली भाषी नेपाली अनुहारहरू । यस्तो प्रतीत हुन्थ्यो, यो वस्ति मेरो गाउँ हो, यतिखेर म मेरो आफ्नै नेपालको कुनै सुन्दर पहाडमा छु, डाडापाखामा छु र आफ्नै घरमा छु । बजारको टाउको जस्तो बनेर बसेको दुर्पिनडाडा माथि उक्लनु, टिस्टा रञ्जित फाँटहरू नियाल्नु वा उत्तर पश्चिम क्षितिजतिर फैलिएको मनोरम कंचनजंघाको लहर हेरेर घण्टौँ रोमाञ्चित हुनु र कुनै कविता कोर्नु, यी कालिम्पोङ सम्झनाका झल्याक्क झुलुकहरू हुन् । स्मृतिको त्यस खण्डमा विशेष गरी धर्म र शान्तिका मन्त्रहरू गुन्जिरहने पुराना बौद्ध गुम्बाहरूको सङ्गीत पनि मिसिन आइपुग्छन् । मुभी हेर्न जाने मुड भएन, त्यसै पनि अरूको स्वाधीनतामा हस्तक्षेप गर्ने देशको राष्ट्रवादी फिल्म । जब ठाउँ ठाउँ देशका सीमाहरू मिचिएको खबर फैलन्छ /नेपाली भूभाग खोसिएका, ताछिएका समाचारहरू बारम्बार सुनिन्छ,अझ वितृष्णा बढेर आउँछ यो देश प्रति । अनि जब हृदयका स्पन्दनहरूमा नेपाल र नेपालीपन बोकेर बाँचिरहेका साथीहरू भेटिन्छन्, असमान सुगौली सन्धि र नेपालको इतिहास फेरि एक पटक बेस्सरी दुखे जस्तो लाग्छ – मेरो त्यसताकाको किशोर भावना । जोस्फिन राई, पश्चिमाजस्तो लाग्ने नाम । उनीसँगको मेरो एउटा रमाइलो घटना म विशेष गरी सम्झन्छु । जोश्फिन राई क्रिश्चियन थिइन् । कालिम्पोङमा हुँदा हरेक आइतबार प्रार्थना गर्न जाने जोश्फिन र उनका क्रिश्चियन साथीहरू जब काठमान्डु जान्थे उनीहरूको त्यो क्रम भङ्ग हुन पुग्थ्यो । काठमान्डुमा छँदा एक दिन मैले उनीहरूको बारम्बारको आग्रहपछि ब्लेस्ड भर्जिन मरियमको गिर्जाघर लगिदिएको थिएँ । यो ललितपुरको धोबिघाटमा थियो, जसलाई एजम्सन चर्च भनिँदो रहेछ । “कृष्ण तिमी कसैलाई प्रेम गर्छौ ?’ गिर्जाघर बाहिरको उद्यानमा उनले प्रश्न गरिन् । मैले भने,…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...

















