Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: समीक्षा
मरुभूमिमा एउटा प्यासी यात्रालाई अघिल्तिर पानीले भरिएको सडकले थप दौडको निम्तो मात्रै दिइरहन्छ । मृगतृष्णाको त्यही खिरिलो धागोमा असिनपसिन भएर…
हाम्रो देशबाट बर्सेनि लाखौंको संख्यामा पौरखी युवाहरू श्रमबजारको खोजीमा विदेसिन बाध्य छन्। आफू र आफ्ना परिवारका लागि धेरथोर खुसी किन्ने,…
एकान्त होस् । पृष्ठभूमिमा बजिरहेको होस् स्वरसम्राट नारायणगोपाल गुर्बाचार्यका कालजयी आवाज – पर्खी बसेँ आउला भनी मेरो उठ्ने पालो या…
सिर्जनाको मूल्यबोध न भ्याल्युमा हुन्छ न त भोल्युममा नै ! त्यसको आफ्नै सत्ता हुन्छ पाठकसित सिधा सम्पर्कको । र, प्यास…
रेगीस्तान अन्जान सहर, गल्ली, महल वा झ्यालखानामा हजारौंले आफ्नो यौवन, बल र पसिनाका साथै समय नै बेच्छन । र त्यसै…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...