Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: चित्रकला
पुरानो डुंगा पानीको छाल पार गरूँ कसरी उनी छिन पारी तरेर लौन भेटुँ म कसरी …? शिर्षक – ‘मछुवारीको गीत’…
एकदिन खसेको हुनेछ धरतीमा साँझको आँचल छाएको हुनेछ जूनको शीतलता र रमाएको हुनेछ मन एकदिन भत्किएका हुनेछन भ्रमका विशाल महलहरु…
सानै छँदा पौराणिक कथाहरुमा वर्णित मनकामना पूरा गरिदिने कल्पवृक्षका प्रसंगहरु बारम्बार सुन्थेँ । सोच्थेँ – त्यो रुख भएको ठाँउमा एकपटक…
नारी तिमी शिल्पी हौ, श्रृष्टि हौ, धरती हौ रचना गर्छौ तिमी घर, समाज र यो सिंगो संसारको सभ्यता … नारी…
जब फूलहरु प्रेममा पर्छन, तब मानिसहरु वसन्त आएछ भन्छन .. फेरि एकपटक क्यानभासमा फूल र रंगको #कुरो, फूलहरुको यौवनको कुरो…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...