Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
: आफ्नै कुरा
मसँग केही एक्रेलिक रंगमा कोरिएका चित्रहरू तयार भैसकेका थिए । इबेन गिबरोलको आर्टिस्टहाउसमा पेन्टिंग सिक्न जान थालेपछि अभ्यासका क्रममा कोरिएका,…
मैले बिर्सेको छु कि अभावसंग पराजित भएका छन मेरा सपनाहरु विनिमय भएका छन, साटिएका छन परदेशसंग, भोकहरुसँग, नुनहरुसंग कि आइपुगेको…
कृष्णपक्ष विनाशकारी भुकम्प गएको दोश्रो दिन बैशाख १४ गते, इजरायल मुटुको केन्द्रविन्दु भएर अविरल अविरल थर्किरहेछ, त्रासको भुइचालो पहिरो गैरहेछ छातीका…
कहिलेकाही शहरमा निस्फिक्री उडने बताससँग बग्न मन लाग्छ स्वतन्त्र आकाशमा । तर जीवन त्यति सजिलो कहाँ छ र ? हाम्रो…
नत्र के थाहा , म कुन शहरको कुन गल्लीमा, कुन महलमा वा झ्यालखानामा खुन संग नुन साटिरहेको छु, पसिना बेचिरहेको…
जेरुसेलम, माउन्ट ओलिभ, इजरायल । बितेका दिनहरु फर्कंदैनन – समयको नियम । तर सम्झनाहरु भने बारम्बार फर्किरहन्छन, हृदयको ढोका ढकढक्याउदै…
आमा सँग कुरा गरेर म भावुक भएछु, कतिखेर आँखा रसाए पत्तो पाइन । कम्प्युटरमा आमा हुनुहुन्छ। मेरो झुस्स दारी र…
धेरै हिउँद वर्षा काटिसकेको अरबी मूलको यो बुढो मानिस मेरो अगाडि आफैँमा एउटा सिङ्गो इतिहास बनेर उभिन्छ, जसले इजरायलको विगतलाई आफैले…
नोवल्टी सिनेमा घरमा ‘ LOC कार्गील’ लागेको थियो । कार्गीलमा पाकिस्तानी सैनिकहरूसँग भएको सीमा संघर्षमा आधारित भारतीय राष्ट्रवादी चलचित्र ।…
बिहानको हुस्सु पाखा लाग्दा भुल्भुलेको टाउकोमाथि अघि नै घामले चियाइसकेको हुन्थ्यो ।आगनबाट अगाडी देखिने गणेश हिमालमा घामका किरणहरूले श्पर्श गरेपछि…
कृष्णपक्ष थापा
समयको किताबमा बेहिसाब घटना, परिवेश र अनेकौँ मौसमहरू लेखिएका छन् । असङ्ख्य अस्तित्वहरू अटाएका छन् यहाँ । कथाको एउटा पात्रजस्तै मेरो अस्तित्वले ‘कृष्णपक्ष’ भन्ने नाम बोकेर हिँडेको छ । जसरी संसारका समस्त अवयवहरू भिन्न अस्तित्व बाँचेका छन्, त्यसरी नै ‘कृष्णपक्ष’ पनि एउटा पृथकता बाँचेको छ ।
मान्छे अनेक पात्र र अनेकौँ भूमिकाहरूमा बाँचेको हुन्छ । 'कान्छे' मभित्र बाँचेको एउटा पात्र हो, जो रङ्गसँग खेल्न मन पराउँछ । कुची र क्यानभास उसको आत्मा हो ।
एक दिन मैले उसलाई छातीभित्र कैद गरेँ र इजरायल उडेँ । बाध्यता र परिस्थिति वश 'कान्छे' लाई मैले धेरै चाहेको तर कम बाँच्न पाएको छु ।
थाहै भएन कतिखेर हराएँ मरुभूमिका श्रम शिविरहरूमा ? जसरी लाखौँ नेपाली युवा छाडी रहेछन् देश र पोखी रहेछन् पसिना खाडीका ताता बालुवाहरूमा ...