तिर्खा लागेपछि …

नत्र के थाहा , म कुन शहरको कुन गल्लीमा, कुन महलमा वा झ्यालखानामा खुन संग नुन साटिरहेको छु, पसिना बेचिरहेको छु । के थाहा, मेरो सप्पै सप्पै समय अरु कसैलाई बेचेर ‘शुन्य समय’ बाँचिरहेको छु कि ?

पुस्तक र इन्टरनेट नहुँदो हो त यो परदेश कति उदास उदास हुन्थ्यो होला ? कहिलेकाही झ्यालबाहिर हेर्छु, नीलो संसार फ़ैलिएको छ पर क्षितिजसम्म । तर यो आँखाले देख्ने सांसारिक फैलावट भन्दा पर पनि केही छ, त्यो ‘केही’ मेरो सबथोक हो । यो श्रमशिविर र पिंजरा बाहिरको मुक्त आकाश हो मेरो । जुन आकाशमा म निर्धक्क उड्न सक्छु पंखा फैलाएर ।

यो नीलो रंगको साँघुरो संसारभन्दा पर अर्को बिशाल संसार छ, जहाँ म बाँचेको छु । त्यो संसार जो म आँखा बन्द गर्दा देख्ने गर्छु । त्यो संसार जहाँ मेरा सपनाहरु छन, त्यो संसार जहाँ मेरा कथाका पात्रहरु छन र तपाईं हुनुहुन्छ – मलाइ पढिरहेको, सुनिरहेको ।

नत्र के थाहा , म कुन शहरको कुन गल्लीमा, कुन महलमा वा झ्यालखानामा खुन संग नुन साटिरहेको छु, पसिना बेचिरहेको छु । के थाहा, मेरो सप्पै सप्पै समय अरु कसैलाई बेचेर ‘शुन्य समय’ बाँचिरहेको छु कि ?

तिर्खा भित्र थुप्रै कथाहरु छन, भलै मैले परदेशको कुनै कुनामा बसेर यी कथाहरु र तिनका पात्रहरुको रचना गरें हुँला । तिनले खेल्ने भूमिकाको कल्पना गरें हुँला तर यो पुस्तकमा म, तपाईं र हाम्रा असंख्य सपनाहरु अटाएका छन । र हामीले बाँचेको जीवनका, हाम्रै आँसु र हाँसोका कथाहरु लेखिएका छन ।

‘प्रत्येक मानिस आख्यानका अलिखित अध्यायहरु बाँचेका हुन्छन’ तिर्खा कथा संग्रहको अन्तिम पातोमा लेखिदिएको छु मैले । हो हामी आख्यान बाँचेका छौं, मिथ्या बाँचेका छौं । सपना बाँचेका छौ ।

‘के गर्दैछौ अचेल ? केही लेख्दैछौ कि !’ इनबक्सहरु भरिएका छन । कहिलेकाही आफैलाई पनि सोधिहेर्छु – साँच्चै म के गर्दैछु होला ?  सबैभन्दा कठिन प्रश्न यही बनेको छ । अहँ केही पनि गर्दै छैन, अर्थात केही नगर्नुमा व्यस्त छु । यौवन, बल र पसिना बेचेर बाँच्ने उपक्रममा सारा समय बर्बाद गर्नुलाई केही गर्नुको संज्ञा दिन किमार्थ सकिरहेको छैन । भनिहाले नि ‘केही’ त मेरो सपना हो र केही गर्नु, त्यो सपनाको बाटो हिड्नु हो ।

तर कति सपनाको लोभ बाँडेर कति सपनाको हत्या गर्छ परदेश, कसलाई के थाहा ?

प्रिय मित्र,
मैले मेरा सप्पै गुनासाहरु तपाईलाई सुनाएको छु । मैले खुसिमा हासेका र पीडामा रोएका पलहरु बाँडेको छु । मनमा जेजे आए, जुन जुन बिषयले मलाइ घचघचाए तिनलाई शब्दमा पोखेको छु । अभिव्यक्तिका निश्चित बिषयहरु छैनन् । फेरि लेख्ने मेरो कर्म पनि होइन, पराइभुमिमा पसिना बगाउन हिडेको मानिससँग कति समय हुन्छ र ?  यद्यपि समय चोरी चोरी डायरीका पानाहरु कोरेको छु मैले, तपाईलाई सुनाउन । आज यो किताबको स्वरुपमा आएको छ – जसको नाम राखिदिएको छु – ‘तिर्खा’ ।

तिर्खा भित्र थुप्रै कथाहरु छन, भलै मैले परदेशको कुनै कुनामा बसेर यी कथाहरु र तिनका पात्रहरुको रचना गरें हुँला । तिनले खेल्ने भूमिकाको कल्पना गरें हुँला तर यो पुस्तकमा म, तपाईं र हाम्रा असंख्य सपनाहरु अटाएका छन । र हामीले बाँचेको जीवनका, हाम्रै आँसु र हाँसोका कथाहरु लेखिएका छन ।

आशा छ पक्कै पढ़नुहुनेछ ।

कृष्णपक्ष,
तेल अभिभ, इजरायल

48 Comments

Leave a Comment