हातको मैला सनको थैला के गर्नु धनले
साग र सिस्नु खाएको वेश आनन्दी मनले

100diyaआज धेरै मुनाहरु यसो भन्दैनन, समय बदलिएको छ । समयसंगै मुना मदन र ल्हासाहरु बद्लिई रहेका छन । नेपाली साहित्यका चम्किला तारा महाकवि लक्ष्मी प्रसाद देवकोटाको यो वर्ष सैयौं जन्मजयन्ति परेको छ । लक्ष्मी पुजाको साँझ हामीले सय दियोहरु बालेर उनको सम्झना गर्यौं ।

प्रवास अनि व्यस्तता …। हामी मध्ये उस्तो साहित्यकर्मी वा श्रष्टा त कोही पनि छैनौं होला शायद , तथापि नेपाली भाषा साहित्य कला र संस्कृतिसंगको आत्मियताले जानेर वा नजानेर धेरै मनहरुलाई यो प्रवासमा कवि बनाएको छ, कथाकार बनाएको छ र फुर्सद हुने बित्तिकै आफ्नो भावनाहरु, पीडाहरु पोख्न घर सम्झेर केहि लेख्न उत्प्रेरित गरेको छ । अनि यस्तै मन मिल्ने केहि मनहरुको यौटा मण्डली तयार भएको छ जसलाई हामीले साहित्य समाज भनेर नाम राखेका छौं ।

देवकोटा शतवार्षिकीको यो विशेष अवसरमा अन्य कुनै पनि संघ संस्थासंग आवद्ध नरही आफ्नै साहित्यिक पत्रिका निकाल्ने सपना पनि पुरा गरेका छौं । अर्थात हामीले “मेरो नेपाल” को प्रारम्भ गर्यौं। मेरो नेपालको प्रकाशन संगै अनेकौं प्रश्नहरु उठे । हो, हामीमा पत्रिका किनेर पढ्ने बानीको विकास भएको छैन, हामी मनोरंजन, रेष्टुरेन्ट, फेशन वा डिस्कोमा आँखा चिम्लेर जति पनि खर्च गर्न तयार छौं तर पुस्तक वा पत्रिकाका लागि सानो अंश पनि छुट्याउदैनौं । यसर्थ यो ठाउँमा पत्रिका प्रकाशनको हाम्रो रहर व्यवसायिक हिसाबले पक्कै उपयुक्त छैन । यहीं नै एनआरएन इजरायलको विगत एक बर्ष देखि प्रकाशित हुदै आइरहेको “नेपाल चौतारी” यसको ज्वलन्त उदाहरण हो ।mero

तर साहित्य समाज व्यवसाय गर्दैन, हामी प्रवासमा रहेका नेपालीहरुमा एउटा विशुद्द नेपाली भाषाको पत्रिका पस्कन चाहन्थ्यौं, जसले हामीमा आफ्नो देश भाषा र साहित्यप्रति प्रेमको संचार गरोस, हाम्रा भावना, बिचार र आवाजहरु प्रसारण गरोस, जसले नेपाली जातीय एकताको शंखघोष गरोस !

देवकोटा शतवार्षिकी मनाउने क्रमको त्रिदिवसीय कार्यक्रममा सरिक भै समभाव बाड्नु हुने नेपाली दुतावास इजरायलका उपप्रमुख श्री मुक्तिनाथ भट्ट, सचिव श्री विष्णु गौतम तथा थान प्रसाद शर्मा एन आर एन इजरायलका अध्यक्ष भुवनसिंह कुँवर, कानुनविद श्याम रोक्का, तथा अन्य संघ संस्थाका प्रतिनिधिहरु साथै पत्रिका प्रकाशनका लागि सधै हौसला र प्रेरणा दिनु हुने महामहिम राजदूत वैजनाथ थपलिया प्रति हार्दिक आभार व्यक्त गर्दै देवकोटा शतवार्षिकीको यो एतिहासिक घडीमा “मेरो नेपाल” लोकार्पण गर्न पाएकोमा यो ब्लगरले यसपालिको तिहार धेरै खुसीको महशुश गर्यो, भलै यसका लागि उसले कैयौं रात र निन्द्राहरु माया मार्नु किन नपरेको होस्?

सय दिपहरु धेरैबेर प्रज्वलित भैरहे । हामीलाई लाग्यो यतिको पृथक उज्यालो र झिलिमिली तिहार यो प्रवासमा यसरी पहिले भएको थिएन । यो उज्यालो ज्ञानको उज्यालो बनोस , चेतना र सिर्जनाको उज्यालो बनोस । लक्ष्मी तिम्रा सम्झना र श्रद्धाका दिपहरु हाम्रो मन मस्तिष्कमा सधै सधैं बलि राखोस ।

group2

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.