समर खेल्न शत्रु छैन, जित्नुपर्ने युद्ध छैन

इजरायलको तेल अभिभमा नेपाली समुदायका विभिन्न संघ संस्थाको सामुहिक आयोजनामा बुद्ध जयन्ती मनाइयो । सहभागी हुने इच्छा हुदाहुदै पनि विदा मिलाउन सकिन । त्यो घडी धेरै ‘मिस’ गरें, यतिखेर आफ्नै एउटा लेख सम्झिएँ । सन्दर्भ – बुद्ध जयन्तीकै । ब्लगमा यसलाई नयाँ शिर्षक दिएँ – समर खेल्न शत्रु छैन, जित्नुपर्ने युद्ध छैन ….

तथापि हामी आफु आफूमै लडिरहेका छौं यसबेला । हामी आ आफैले अंगालेका आस्थाहरुले हामीलाई एक आपसमा शत्रु बनाइरहेका छन । विद्रोह, बन्द र हड्तालका शृंखलाहरु पुन दोहोरिन थालेका छन, यो अवस्थाको अन्त्य कहिले होला ? यो लेखको अन्त्यमा लेखिएको र गोपाल योन्जनले गाएको स्वदेश गानको एक हरफ उद्धृत गर्न चाहन्छु – शान्तिभन्दा पर अर्को भेट्नु पर्ने बुद्ध छैन ।

नेपाल चौतारीको पुरानो अंकमा प्रकाशित यो लेखलाइ इमेजमा क्लिक गरेर पनि पढ्न सक्नु हुन्छ ।

भत्किएका पत्थरहरु
कृष्णपक्ष

आशा छ तिमीले मेरो सानो बुद्ध र मेरो मायालाई अझ विर्सिएका छैनौ । इतिहास धर्म दर्शन र सामाजिक रचनाका विषयमा तिम्रो रुचीसंग त म त्यहीबेला देखि नै परिचित थिएँ तर नेपाल चौतारीको त्यो स्तम्भकार तिमी नै होलाऊ भन्ने मलाई आजसम्म अवगत थिएन । पत्रिकाको तस्वीर र तिम्रो वास्तविक अनुहार धेरैदिन सम्म नियालीरहेँ ।…… म अहिले पनि आस्दोदमै छु यहाँ संगै काम गर्दा तिमीले भनेको भिक्षु उपासकका कथाहरु आजसम्म सम्झिरहन्छु । शायद वुद्धमार्गी भएर पनि हुनसक्छ तथागतका धेरै आख्यानहरु मेरो स्मृतिमा सधै ताजा रहेको छ जुन तिमीबाट सुन्न पन पराउँथे ।

….. र आज फेरि एउटा पाठककै हैसियतले सही तिमीले मेरो बुद्धधर्मको विषयमा केही लेखेको म पढ्न चाहान्छु । यहुदी इश्लाम वा क्रिश्चियनलाई छोएर लेखहरू लेखिरहँदा तिमीले बुद्धलाई किन सम्झिएनौ ? यसलाई इर्ष्र्या भन्छौ भने पनि मान्छु तर एउटा अङ्क बुद्धको लागि लेख है…॥

साथी निमा

पाठक प्रतिक्रिया भन्न पनि मिल्दैन, निमा साथी हो मेरो र यो उसको इमेल । इजरायल आएपछि शुरुको दिनमा उ र म आस्दोदमा संगै काम गथ्र्यौ । नयाँ वर्षको शुभकामना सहित उनले एउटा मेल सन्देश पठाएका रहेछन् ।

म के लेखुँ कुनै खास विषयमा केहि लेखुँ भनेर मैले कल्यिै केही लेखेको छैन । शायद कुनै प्रसंगमा कतै धर्मका कुरा पनि आए होलान् तर तिम्रो आस्थाको उपेक्षा गरें भन्ने नठान । तिम्रो यो अनुरोध संगै मेरो सम्झनामा परशु प्रधानको माइ लिटिल वुद्धुको कथा स्मरण हुन्छ । जापानतिर पलायन भएका शेर्पा युवकको विवशता उनले समेटेका छन् यसमा । तिमीले पनि वौद्धका गल्लीहरुमा उनी व्यापारीको हैसियतले मानेपेमे गर्दै प्रेयर ह्वीलु घुमाउदा र आज इजरायलको सडकहरुमा ह्वील चेयर घुमाउदाको अन्तरमा तितो वास्तविकतासँग साक्षात्कार गरेका छौ । तिम्रो मेरो र हामी सबैको नियति इजरायलमा लगभग उस्तै छ । हामीसँग महत्वाकाँक्षा जोडिएका समयका घातहरु छन् । वौद्धिक शुन्यता भरिएका कर्महरु छन् अनि त्यही कर्म गर्न हामी अभ्यस्त भएका छौं ।

तिम्रो सानो वुद्धलाई तिमीमा अनुवाद गरेर यस्तै केहि लेखुँ जस्तो लागेको थियो तर यस विषयले धर्मसंग कुनै सम्वन्धै राख्दैन जुन तिम्रो अनुरोध प्रति अन्याय हो । फेरि तिमी लेखको शीर्षक मानेपेम्मे हुँ राख भन्छौ । मित्र मानेपेमेको शाब्दिक आकारलाई श्पर्श सम्म गर्न सकें । यसको गहिराईमा चुर्लुम्म डुबेर लेखको शीर्षक नै मानेपेमे राख्ने साहस गर्न नसकेकोमा मलाई माफ गर्नेछौ ।

यसैपनि सन्दर्भ र अध्ययनको अभाव छ इजरायलमा । यदि तिमीले त्यो सानो वुद्ध प्रतिमाको सट्टामा धम्मपद वा नेपालीमा उल्था गरिएको कुनै वुद्ध ग्रन्थ उपहार दिएको भए सम्भव पनि हुन्थ्यो होला । तिम्रो अनुरोधको विरोधाभाष जस्तैलाग्ने गरि यसको शीर्षक “भत्किएका पत्थरहरु” लेखिरहेछु पत्थरहरु भित्रबाट तिमी वुद्धको आत्मा खोजिहेर ।

वर्षौ पहिले मध्य एशिया, यूरोप, मध्यपूर्व अनि भारत र चीनसंगको प्रमुख व्यापारिक मार्गको रुपमा विकसित भएको सिल्करोड अफगानिस्तानको वामियान उपत्यका हुँदै जान्छ । जस्को छेउमा उभिएका पहाडहरुबाट विशाल चट्टानी श्रृंखला शुरु भएको छ । आदिवासीको स्वर्ग जस्तै प्रतित् हुने ती चट्टाना पहाडमा अनौठा र अनकन्टार सुरुङहरुमात्र थिएनन् शताब्दीऔं पुराना कलाकृति र मूर्तिहरु यी चट्टानहरुमा कुदिँएका थिए । र मानव इतिहासकै सवैभन्दा विशाल बुद्धमूर्तिहरु कोषैपरबाट ती पहाडमा चम्किरहेका देखिन्थे । आजसम्म कुनै कालीगढले यस्तो विशाल भीमकाय मूर्ति किहं बनाएकै छैन । पत्थरको अग्लो पहाड नै मूर्तिमा ढालिएको यो विश्वकै सबैभन्दा ठूलो वुद्धमूर्ति थियो ।

सुन्दर वामियान उपत्यकाको सुरक्षार्थ यसको नजिकै एउटा पहरेदारी वस्ति वसाइएको थियो । ३००० मनिसहरुले यो उपत्यकालाई शत्रुका हातबाट बचाउन एउटा शहर नै निर्माण गरेको थिए । वाह्रौ र तेह्रौ शताब्दीतिरको त्यो शहरुलाईृ लालशहर भनिन्थ्यो जुन वामियान उपत्यका प्रवेश पूर्व ८०० फिट नजिकै थियो । १२२१ मा यहाँ जेंगिज खानका नातिले आक्रमण गरेको थिए । त्यो युद्धमा उनी मारिएपछि आक्रोशित भएका जेंगिज खानले वदलामा सारा वस्ति खण्डहरुमा परिणत गराइ दिएका थिए । यो आक्रमणपछि लाल शहरले कल्यिै जीवन्तता पाएन पौराणिक इट्टाका भित्ताहरु चाहि यथावत रहिरहे किनकी यो मरुभूमि शहरमा तिनको अस्तित्व सखाप बनाउन सक्ने भीषण वर्षा शायद कहिल्यै आएन होला ।

उता वामियान उपत्यकाको वुद्ध वस्तिबाट वुद्ध धर्मावलम्वीहरु सधै सधैंका लािग विस्थापित भएर गए । अफगानिस्तान भन्ने वित्तिकै आतँककारी ओसामा विन लादेनलाई खोज्दै अमेरिकाले ध्वस्त वनाएको मुस्लिम राष्ट्रको चित्रण हुन्छ-हाम्रो मनमा ।

तर हामीले सुनेको यही आतंकको थलो कुनैवेला हजारौ वुद्धगार्मीहरु भिक्ष्ा र तपस्वीहरुको तपोभूमि थियो । धर्मचक्रहरु घुमिरहेका त्यहाँका गुम्वाहरुमा खीटका धुन सँगै “ओम मणि पद्मे हुँ” का मन्त्रहरु गुञ्जिरहेका सुनिन्थे । मानव सभ्यताको विकास हुदै जाँदा शुरुको समयमा तेस्रो वा चौथो शताब्दी देखि नै यहाँ वुद्ध धर्म फक्रिएको थियो । “ॐ माने मेम्मे हुँ” को संकेत वुद्ध ध्वजाहरु गुम्वाका भित्ताहरु र घुमाउने चक्रहरु जहितिहं कोरिएको हुन्छ किन सम्मानित वुद्ध मन्त्र ॐ मणि पद्मे हुँ -ओम मानेपेमे चल्तीमा को प्रत्यक्ष कमल पुष्पको यज्ञमाथि मणिको अर्पण भन्ने जनाउँछ । यस मन्त्रोच्चारणले आत्मालाई मुक्तिको बाटोतर्फ डो-याउछ । यो सुक्तिलाई लाखौ वुद्धगार्मीहरुले दैनिक धार्मिक अभ्यासको रुपमा हजारौं पटक उच्चारण गरेर वा जप गरेर आफूलाई नितान्त अनाशक्त शान्त र पवित्र बनाइरहेका हुन्छन् । मणिको अर्पणले वहुमूल्य जुहारतको दान भन्ने प्रत्यक्ष अर्थमात्र राख्दैन कि यसले लोभ लालच आशक्ति र व्यग्रतालाई पन्छाएर मनलाई दुःखबाट छुटाउछ । वुद्धधर्ममा यसको महत्व र अर्थ यति व्यापक छ कि यसले सुख शान्ति समृद्धी खुसी र ज्ञान र महामुक्तिको सम्पूर्ण कामना एकैपटकमा गरेको हुन्छ ।

चीनको हिमाली भूभाग सम्म लम्बिएको ुहिनुदक्रशु पहाडि श्रृंखलाको अन्तिम लहर र लालशहरलाई काखमा राखेर तरेली जस्तै परेको ुकोही बाबाु पहाडी श्रृंखला । यी दुई पहाडी श्रंृखलाहरुको बीचमा शान्तिको सुन्दर वामियान उपत्यका अवस्थित थियो जुन अफगानिस्तानको काबुलदेखि करीब २३० किलोमिटर पर रहेको छ । विशेषतः तेस्रो शताब्दी देखी नवौ। शताब्दीसम्म यहाँ बुद्ध धर्मावलम्वीहरुको घना वस्ती रहेको थियो पछि विस्तारै इश्लाम धर्मको प्रभाव वढ्दै गएको कुरा इतिहासबाट बुझ्न सकिन्छ ।

चिनीया तीर्थयात्री हुआङ साङले वामियान उपत्यका सन् ६३० मा भ्रमण गरेको थिए । उनले आफ्नो पुस्तकमा उल्लेख गरेका छन्- “हजारौं भिक्षुहरु र दशवटा गुम्वाहरु भएको वामियान वुद्धिष्टहरुको केन्द्र हो । ती आश्चर्यलाग्दा भीमकाय वुद्ध प्रतिमा जुहारतले सजिएको रंगिन र सुन्दर थिए । यति बिशाल चित्राकर्षक मूर्ति भविश्यमा शायदै वन्नेछ ।” उनले अझ अर्को तेस्रो वुद्ध मूतिको विषयमा पनि उल्लेख गरेका छन् तर त्यो धेरै पहिले नष्ट गरिएको मनुमान गर्न सक्छौ ।

साच्चै नै आजसम्म त्यो अति नै भिमकाय वुद्धको प्रतिमा कतै बनेकै थिएन जसलाई दुष्ट तालिवानीहरुले केवल पत्थरमात्र देखे र विश्वकै अमूल्य सम्पदा सधैंको लागि भत्काएर धार्मिक कट्टरताको परिचय दिए ।

कुनै समयमा ती बुद्ध प्रतिमाहरु कोषौ परबाट सम्म निश्चय नै सुन्दर अलौकिक देखिन्थे होलान् । तामाका मुहार र हातहरुयुक्त ती दुई प्रतिमाले संसारमा वुद्धज्योति छरिरहेको जस्तो लाग्थ्यो । बाह्रौ शताब्दीसम्म वामियान भारतीय उपराज्य गान्धाराको अधिनमा थियो । वुद्धमार्गी वा हिन्दुहरुको धार्मिक क्षेत्र तथा धर्म दर्शन र ग्रीक-भारतीय कलाको केन्द्रस्थलको रुपमा स्थापित भएको थियो ।

गुम्वाका भिक्ष्ाहरु वामियानका पत्थरी पहाडका गुफाहरुमा कुटी बनाएर ध्यान गर्थे । ती मध्य धेरैले गुफाहरुमा र नीर्जीब पत्थरहरुमा बुद्धधर्मका अनेकौं आकॄति कुंदेर जीवन थपेका थिए । वामियान उपत्यकाका ती पौराणिक अवशेषहरु र दुइ विशाल बुद्ध आकृतिलाई युनेस्कोले विश्व सम्पदासूचिमा सुचिकृत गरेको थियो । एउटा वुद्ध प्रतिमा ५०७ र अर्को सन् ५५४ मा निर्माण भएको अनुमान छ । जसको उचाई क्रमशः १२५ फिट र १७५ फिट थियो । वुद्धधर्म फैलिएको त्यो कालखण्डमा ती चट्टानी पहाडभित्र तस्स्या गरेर शान्तिको खोजिमा लागेका भिक्ष्ाहरुले वर्षौको मेहनत लगाएर संसारकै गौरव ती पत्थरका प्रतिमाहरुको सृजना गरेका थिए । उभिएको मूर्ति विरोचनको र वसेको मूर्ति शाक्यमूनि वुद्धको थियो । हजारौ वर्ष अघि अनकन्टार चट्टानी गुफाहरुमा सांसारिक मोहबाट टाढा रही भूमिगत जस्तै अलप भएर तपस्या गर्ने तपस्वीहरुले त्यो अग्लो चट्टानी पहाडलाई नै खोपेर वुद्ध आस्थाको कलामात्र देखाउन खोजेका थिएनन् उनीहरुले कुदेका प्रतिमाका प्रत्येक वस्त्र गहना वा अंग आकृतिहरु प्रेम शान्ति र सहनशिलताका प्रतिक थिए ।

विरोचनको यो एतिहासिक सिला आत्मालाई ढुंगामात्र ठानेर करिव १ महिना सम्म सैयौं रकेट गि्रनेट र विस्फोटकहरु प्रहार गरेर मानव धर्म विरोधीहरुले क्रुरताको कस्तो उदाहरण देखाउन खोजेका थिए जसले विश्व समुदायलाई नै आश्चर्यमा पार् यो । हाम्रो युगको सवैभन्दा दुखदायी घट्ना घटाएर आफ्नै समुदायबाट समेत आलोचित र कलंकित भएका उनीहरुले पत्थरमाथि आक्रमण गरेर धर्मको अर्थलाई नै भत्काउन पुगे ।

वामियान वुद्धमाथिको आक्रमण धेरै पहिले देखि नै गरिदै आएको थियो । विश्व राजनीति िहंश्रक र अशान्त वन्दै गइरहेको परिपे्रक्ष्यमा यस्तो कि्रयाकलापलाई हामी शान्तिमाथिको आक्रमणको संज्ञा दिएर हेर्न सक्छौं । पश्चिम भारत र अफगानिस्तानलाई वाह्रौ शताव्दीतिर धांजीका मुहम्मदले आक्रमण गरेपछि त्यहाँका धेरै गुम्वा र अन्य कलाकृतिहरु लुटिए वा नष्ट गरिए । इश्लाम प्रसारकहरुद्धारा कैयांै पटक ती विशाल प्रतिमाहरु भत्काउने प्रयासहरु भए । तर ती प्रतिमा भत्काउनु पहाड फुटाउनु जस्तै कठिन थियो । अन्तिम मुगल सम्राट औराङजेवले पनि धार्मिक इष्र्याको कारणले बाँकी रहेका कलाकृतिमाथि वारुद र तोपगोला वर्षाएर कुकर्मको हद पार गरेका थिए भने त्यसरी नै नदीर शाह नामक शासकले पनि ती मूर्तिमाथि निरन्तर आगो लगाएर नष्ट गर्ने असफल कोशिष गरेको थिए ।

बामियान बौद्धस्थल यूरोप भारत र चीन बीचको ऐतिहासिक व्यापारिक केन्द्रमार्ग त थियो नै साथै तीर्थयात्री भिक्ष्ा योगी वा लामो यात्राका व्यापारीहरुको अस्थायी आवासको रुपमा पनि ती चट्टाना गुफाहरु रही आएका थिए । पछिल्ला वर्षहरुमा ती खुल्ला र चिसा गुफाहरु अफगानिस्तानको िहंसात्मक गुहयुद्धको चपेटामा पि_िल्सएका आन्तरिक शरणार्थीको वासस्थान पनि भएको थियो ।

दुष्टहरुका कैंयौ कोशिष वावजुद पनि हामीले पाइला टेकेको २१ औ। शताब्दीसम्म ती भीमकाय प्रतिमाहरु यथावत रहेका थिए तर आजको यो चेतनसिल युगमा आइसकेर पनि हामीले तिनलाई यसरी गुमाउन पुग्यौ। कि विश्व समुदायले केही गर्न सकेन । मानव शान्ति माथि मानवरुपी दानवहरुद्धारा यसरी नै जघन्य आक्रमण भइरहेको छ । अर्को तिर चेतनशील वर्गहरु निरिह भएर मौनता अंगाल्न विवश भइरहेको छन् । तालिवानीहरुको घृणित कार्यले मानव सभ्यतामै दाग लगायो । चट्टानहरु संगै यसले धामिृक सहिष्णुतामा विश्वास गर्ने सबै मानिसहरुको विश्वास माथि आघात पुर् यायो । पर्वत समान प्रतित हुने ती प्रतिमाहरु महायाना वुद्धमार्गका महान विम्बहरु थिए । जसले भिक्ष्ा वा तपस्वीहरुमात्र नभई जो कोही पनि आत्मज्ञानको उज्यालो प्राप्त गर्न सक्छ भन्ने पे्ररणा दिइरहेको हुन्थ्यो । ती ऐतिहासिक वुद्ध प्रतिमाहरुको महत्व र मूल्य आजको पुस्ताको लागि अमापनीय थियो अनमोल थियो । लामो वामियान उपत्यकाको चट्टानी पहाड जसले हिन्दुकुश र कोहीवावा पर्वनीय श्रंखलालाई विभाजन गरेको छ त्यहाका ती धरोहर भत्काउन प्रयुक्त वम विष्फोटको आवाजले शान्तिप्रेमी सम्पूर्ण मानव समुदाय त्रसित हुन पुग्यो ।

मान्छे भित्रको बुद्ध आत्मा स्वार्थले पुरिदै गएको छ । आज समस्त शान्ती प्रीय मानिससमा यस्ता कुकृत्यको विरुद्धमा कसरी प्रश्तुत हुने सोच्न सकिरहेका पनि छैनन् । व्यस्तता मानवीय समवेदना हीनता र आधुनिकताले निम्त्याएको परिणाम हो यो । आफू बाहेक अरुको अस्तित्व स्विकार्न नचाहने र प्रदुषित मानसिकता बोकेको समुदाय धर्म वैमनस्ययुक्त विश्व राजनीति र अन्तर्राष्ट्रिय शक्तिहरुबीचको असन्तुलनको प्रभावबाट यसरी दिनदिनै निरिह बुद्धका सहनशिल मनहरु निशाना वन्दै गइरहेका छन् ।

ऐतिहासिक स्थलहरु मूर्ति-मन्दिर वा सांस्कृतिक धरोहरलाई संरक्षण गर्नुपर्छ भन्ने कालचेतना आजका शिक्षित मानिसहरुमा मात्र नभै वामियानका भेडा बाख्रा चराउने किसानहरु वा पर्यटकलाई खानेकुरा र पानी पुर् याउने स्थानीयहरु बीच पनि उत्तिकै थियो । तर िहंस्रक शैतानी मन बोकेका धार्मिक अगुवाहरु जो अिहंसा शान्ति विश्व वन्धुत्व र मिलनसारिताको आध्यात्मिक सन्देश फैलिएको हेर्न चाहदैन थिए उनीहरु सम्पूर्ण विश्वले आपत्ति विरोध र खेद प्रकट गर्दा पनि इतिहासकै घृणित र लज्जास्पद कार्यमा सफल भएरै छाडे ।

कट्टर राजनेताको उत्तेजित मनोवेगको विनाशकारी यो निर्णयले धर्मसंग मात्रैपनि सम्बन्ध नराखेर ज्यादा राजनिति र आतंकवादी गतिविधि संग सरोकार राख्छ भनेर धेरै विश्लेषकहरुले ठम्याए । सन २००६ मा तिनै विशाल मूर्ति र वौद्धक्षेत्रको सेरोफेरोको विनाश खिचिएको ूदि जियान्ट बद्धजू नामक डकुमेन्ट्री बनाइयो यसमा त झन के प्रमाणित गरेर देखाईएको छ भने- विनाशकारी त्यो आदेश २००१ मार्चमा इश्लाम नेता मुल्लाह ओभारको नभै आंतककारी नेता ओसामा विन लादेनको थियो जसले पछि अमेरिकाको ट्वीन टावर ध्वस्त गर्ने आदेश पनि दिएका थिए ।

जब जब धर्मको क्षति हुन्छ र पापकर्म वढ्दैजान्छ तव म अवतार लिनेछु भनेर कृष्णले महाभारतमा भनेका छन् । इश्वरीय अवतारको रुपमा नै सही अन्तत्वगत्वा आतंककै वहानामा भए पनि तालीवानी क्रुर शासकहरुको विनाश भएरै छाड्यो । लादेनलाई संरक्षण गरेको र आतंकको थलोको रुपमा अमेरिकाले अफगानिस्तानमा आक्रमण गरि तालिवानीहरुलाई पतन गराएपछि धेरैले त्यो घट्नालाई आध्यान्मिक रुपमा गाासेर विश्लेषण गरे । त्यसो त अमेरिकी अभियान आफैमा अर्को आतंङ्क हो भनेर विश्व समुदायमाझ आलोचित भइराखेको छ । हामी त्यता नजाउँ यतिमात्र बुझौं मूर्तिमाथि अन्याय गर्नेहरु धेरै दिन टिकेनन् ।

निमा तिमीले थाहा पाएका थियौ हालका इजरायलका राष्ट्रपति सिमोन पेरेजले टेम्पल माउनट भित्रको मुस्लिम वाहुल्यता रहेको धार्मिक स्थलमा प्रवेश गर्दा यहुदीहरुले इजरायलभरी कत्रो विरोधको आगो सल्काएका थिए ! तिम्रो समुदायले पनि वुद्धमूर्ति भत्काएको त्यो क्षणमा के हिन्दु वा मुस्लिमजस्तै या कि्रशिचयन वा यहुदीहरु जस्तै विपक्षको मन्दिर मस्जिद वा चर्च भत्काएको आगो वाल्ने र पुस्तक ग्रन्थहरु जलाउने कार्य गर्न सक्दैनथ्यो र

तर अहँ उनीहरु वुद्ध मार्गमा हिडेका थिए । स्वभाविक रुपमा तिम्रो समुदायबाट खेद र आपत्ति त आयो तर यसले संघर्ष र रक्तपातको कुनै बाटो लिएन । सधै झै बुदमार्गीहरु उस्तै शान्त मौन र सहनशील रहिरहे । उनीहरु बुद्ध प्रकृतिजस्तै नितान्त उद्धेगरहित सागर बनिरहे ।

अफगानिस्तानमा वुद्धमार्गीहरु विस्थापित भएर मुस्लिमहरुको जगजगि भएपश्चात पनि त्यो ऐतिहासिक वामियान उपतयका र हजारौ वर्ष पुरानो विशाल बुद्ध प्रतिमा बुद्ध समुदायको लागि गौरवको पर्यटकीय क्षेत्र बनेको थियो ।

यद्यपी धार्मिक स्थलको रुपमा स्थानीयहरुले स्थापित हुन भने दिएका थिएनन् । कतिपयलाई त त्यो वुद्धको मूर्ति थियो भन्ने सम्म पनि थाहा थिएन । शाक्यमुनिको वसेको प्रतिमालाई उनीहरु कुनै स्त्रीको मूर्ति भनठान्थे र विेरोचनलाई पुरुषको आकृति । वुद्ध धर्मावलम्वीहरु त्यहाँ कोही बस्तैनथे ।

पछिल्ला धेरै वर्ष देखि यता त्यहाँ कुनै गेरु वस्त्रधारी बुद्ध भिक्ष्ाहरुले मानेपेमे हुँ भन्दै हिडेको देखिएको थिएन । न त भत्कदै गएको बुद्ध प्रतिमा र खण्डहरुको अस्तितवमा रुपान्तरित भै सकेको गुमवाहरु र ढुंगे गुफाहरुमा धर्मका कुनै मन्त्र वा भक्ति संगित गुिाजएको नै थियो । पर्यटकीय धरोहरका रुपमा भ्रमण गर्नेहरु त धेरै भए होलान् तर त्यहाँ धार्मिक तीर्थयात्राको लागि वुद्धमार्गीहरु नगएको धेरै वर्ष भैसकेको थियो ।

मान्छेको नयाँ वस्ती र नयाँ समाजको निर्माण संगै धार्मिक राजनितिक उचारचढाव र पिल्स्याइहरुबीच भत्किदै गएको त्यो पत्थरको मूर्तिबाट वुद्धको आत्मा पहिले नै हराइसकेको थियो कि ! शायद हुन सक्छ तिमीहरुले यस्तै केही सोच्यौ कि भनेर विश्व सशंँकित पनि भएको थियो । तिमीहरुको मौनता र मूर्तिमा आत्माको प्रतिस्थापन गर्ने परम्पराले यस्तै सोच्न वाध्य वनाएको थियो । तर तिमी विरोधमा नआएको त्यो कारणले थिएन ।

वुद्ध त शान्ति हो तिमीहरु शान्त भयौ । तिमीले कसैलाई शत्रु देख्नै सकेनौ अज्ञानीहरुको भूलको लागि सँघर्णमा जानु तिम्रै धर्मले दिएन । प्रतेक ढुङ्गाहरुमा वुद्ध आत्मा वाँचिरहेको थियो जसको भौतिक स्वरुप भत्काइदा तिम्रो मन दुखे पनि सधै अटल र निश्चल रहेको तथागतको शान्त आत्मिक स्वरुप र शान्तिप्रतिको आस्था तिमीले भंग हुन दिएनौ ।

गोपाल योञ्जनले गाएको यो गीत जस्तैः

समर खेल्न शत्रु छैन
जित्नुपर्ने युद्ध छैन
शान्ति भन्दा पर अर्को
भेट्नुपर्ने वुद्ध छैन ।

 

NC-7

2 Comments

Leave a Comment