मध्ययुगीन गढी र युद्धका डोबहरू

 

संसारमा प्रेम र युद्धविनाको इतिहास कहिपनि छैन, हरेक इतिहासहरू शक्ति संघर्षका कथाहरूले भरिएका हुन्छन, इतिहासका पानाहरू देशका सीमानाजस्तै युद्ध र रगतले लेखिएका हुन्छन ।

लिमासोल पुरानो बन्दरगाहको छेवैमा रहेको पौराणिक भवनहरू, सदियौँ पुराना चर्च र मस्जिदहरूले, शहरको हरेक चोक र गल्लीहरूले मानौँ साइप्रसको इतिहासका दस्तवेजहरू पल्टाइरहेछन, सामुद्रिक छालहरूको मनोहर संगीतसँगै इतिहासका कथाहरू सुनाइरहेछन ।

समुद्रको बीचमा रहेको यो शान्त र सुन्दर द्वीप साइप्रसको इतिहास पनि यस्तै यस्तै प्रेम,युद्ध र संघर्षका कथाहरूले भरिएको छ र आज पर्यन्त यो क्रम जारी नै छ । प्रेमकी देवी एफ्रोडाइटको जन्मभूमि यो साइप्रस समयका विविध कालखण्डहरूमा कहिले रोमन, कहिले वैजेन्टाइन कहिले, अंग्रेज, तुर्कमेनिस्तान वा ग्रिक हुदै आज स्वतन्त्र देशको अस्तित्वका रुपमा स्थापित छ । आधुनिक साइप्रसमा पनि उत्तरी र दक्षिणी साइप्रसका वासिन्दाहरूका वैमनस्यले घातक र भयानक गृहयुद्धको रुप लिएको इतिहास ताजै छ ।

उत्तरी साइप्रसले आजसम्मै आफूलाई एउटा भिन्नै राष्ट्र ‘टुर्किस रिपब्लिक अफ नर्दन साइप्रस’ नामाकरण गरेर स्वाशासित क्षेत्र घोषणा गरेको छ यद्यपि साइप्रसको यो तथाकथित उत्तरी राज्यलाई तुर्किस्तान बाहेक अन्य कुनैपनि राष्ट्रले अनुमोदन गरेका छैनन, मान्यता दिएका छैनन ।

बेलायतका राजा रिचार्ड प्रथमकी स्पेनिस प्रेमिका बेरेंगारिना जहाजमा जेरुसेलमतिर जाँदै थिइन, समुद्रमा आँधी आएपछि उनीहरू साइप्रसमा उत्रन बाध्य भए । यसै मौकामा साइप्रसका शासकले उनलाई बन्दी बनाए ।

लिमासोल आएपछि थाहा भयो यो शहरमा नीलो समुद्रको सुन्दर लहरहरूमात्र होइन, जहाजका लश्कर र चीसा हावाका झोक्काहरूमात्र होइनन अरुपनि औधी सुन्दर कुराहरू रहेछन । लिमासोल पुरानो बन्दरगाहको छेवैमा रहेको पौराणिक भवनहरू, सदियौँ पुराना चर्च र मस्जिदहरूले, शहरको हरेक चोक र गल्लीहरूले मानौँ साइप्रसको इतिहासका दस्तवेजहरू पल्टाइरहेछन, सामुद्रिक छालहरूको मनोहर संगीतसँगै इतिहासका कथाहरू सुनाइरहेछन ।

ठमेलको झल्को दिने पर्यटकीय होटल रेस्टुरेन्ट र क्युरियो पसलहरू भरिएका घरहरूको पछाडि हामीले धरहराजस्तो अग्लो गजुरको आकृति देख्यौँ । यो ग्र्यान्ड मस्जिद रहेछ । तुर्की साम्राज्यको आक्रमण पछि यहाँको क्रिश्चियन सम्पदा र संस्कृतिमाथि क्रमश इश्लामिक अतिक्रमण

हामीले प्रेम र युद्धका निशानीहरू कुँदिएका इतिहासका पर्खाल र भित्ताहरू हेर्यौँ र पुन अर्कोपटक लिमासोल शहरलाई आँखाको संसारमा सजायौँ ।
भयो धेरै संरचना भत्काइए । शायद यसै क्रममा १६ औं सदिमा लिमासोलको मुटुमा यो मस्जिद निर्माण गरियो । मस्जिद प्रवेश गर्न कुनै रोकतोक र समयसीमा थिएन तर महिला पर्यटकहरूलाई लक्षित गरेर बाहिर प्रवेशद्वार नेर भड्किला र छोटा पहिरन लगाएर प्रवेश गर्न नपाइने सूचना राखिएको थियो । मलाई कुनै अप्ठेरो भएन । तर छेवैमा योभन्दा भव्य र सुन्दर गिर्जाघरको दृष्य देख्दा यस्तो लाग्यो कि इश्लामिक प्रभुत्वको अन्त्यसँगै मुस्लिम धरोहरभन्दा क्रिश्चियन सम्पदाहरू चर्च र गिर्जाघरको संरक्षण र जीर्णोद्धारमा जोड दिइएको हुनुपर्छ । उन्नाइसौँ शताव्दीमा बनेको गिर्जाघर लिमासोलको अर्को आकर्षण थियो ।

limassol-castle-krishna-1

शहरको मध्यभागमा अवस्थित थियो लिमासोल गढ, जसले शताव्दिऔँ पुराना युद्धका अवशेषहरू बोकेको थियो । विभिन्न समयमा विभिन्न शासकहरूले आक्रमण गर्ने, पुराना संरचना नष्ट गर्दै आआफ्ना किल्ला खडा गर्दै जाँदा सदिऔँ पुराना दरबारका भत्किएका खण्डहर र ढुंगाहरू मात्र बाँकी थिए तिनलाई विशेष महत्वका साथ संग्रहालयको स्वरुप दिइएको थियो । लिमासोल दरबार प्रवेशद्वार भित्र पस्ने बितिकै दायाँतिर आगनमै थियो गलैचाजस्तो आकारमा रंगीन ढुंगाहरूले बनाएको कलात्मक भित्तेचित्र । अलिकति भित्र गइसकेपछि बाँयातिर थियो अत्यन्तै पुरानो जैतुनको तेल पेल्ने काठ र ढुंगाको मिल जुन सात देखि नौ शताव्दीको बीचमा निर्माण भएको अभिलेख थियो ।

प्राचीन हातहतियार, ढुंगा माटोका भाँडाकुँडा तथा समाधीका पत्थरहरू सजाएर राखिएका थिए । दरबारभित्र र बाहिर रहेका शिलालेखहरूबाट यहाँ ४देखि ७ शताव्दीमा समभवत शहरको सबैभन्दा पुरानो गिर्जाघर यही स्थलमा रहेको थाहा पाइयो । यसैगरी दशौँ एघारौँ शताव्दीमा निर्मित मध्ये वैजान्टिन धरोहरका अवशेषहरू तथा यथेष्ट प्रमाणहरू पनि यहाँ भेटिने शिलालेख र पुरातात्वित अवशेषहरूले देखाउँथे ।

बेलायतका राजा रिचार्ड प्रथमकी स्पेनिस प्रेमिका बेरेंगारिना जहाजमा जेरुसेलमतिर जाँदै थिइन, समुद्रमा आँधी आएपछि उनीहरू साइप्रसमा उत्रन बाध्य भए । यसै मौकामा साइप्रसका शासकले उनलाई बन्दी बनाए । आफ्नी प्रेमिकाको बारे यो खबर सुनेर किंग रिचार्ड पनि साइप्रस पुगे । बेरेंगेरिया लगायत सबै बन्दी रिहा गर्न अनुरोध गर्दा नमानेपछि उनले आक्रमण गरी लिमासोल कब्जा गरे । यही दरबारमा किंग रिचार्ड प्रथमको विवाह सम्पन्न भयो ।

limassol-castle-krishna3

 

यहाँ खास राजगृह एघारौँ शताब्दीको अन्त्यतिर निर्माण भएको पाइन्छ । सन १५३८मा तुर्कीहरूले लिमासोल आक्रमण गरी कब्जा जमाए । १५६८ सम्ममा लिमासोल दरबार पूर्ण रुपमा नष्ट गरियो । सन १५७६ मा साइप्रसमा पूर्णरुपमा तुर्कहरूले अधिपत्य जमाई इस्लामिक प्रभुत्वको साम्राज्य स्थापना भयो । भत्काइएका अवशेषहरूमाथि तुर्क किल्लाको निर्माण शुरु भयो । त्यसै समयमा जमिनमुनि कैदीहरूलाई राख्ने विशेष किसिमको भूमिगत कारागार पनि निर्माण गरियो । जुन सन १५९०मा सम्पन्न भएको थियो । त्यसको अवशेष अहिले पनि अवलोकन गर्न सकिन्थ्यो ।

किल्लाका भित्ताहरू अग्ला र बलिया थिए । चार युरो पचास सेन्ट तिरेपछि संग्रहालय भित्र प्रवेश गर्न सकिन्थ्यो यद्यपि संग्रहालयको बाहिरी परिसरमै धेरै सामग्रीहरू राखिएका थिए । पहिलो र दोश्रो तल्लाको ढोकाछेउ युद्धमा प्रयुक्त मध्ययुगीन तोप राखिएको थियो । संग्रहालयभित्र पौराणिक चित्रहरू, ऐतिहासिक दस्तावेजहरू, शिलालेखहरू र असंख्य ऐतिहासिक पुरातात्विक महत्वका वस्तुहरू सुरक्षित राखिएका थिए । माथिल्लो तलाबाट लिमासोल शहर र मरिनाको दृश्य अवलोकन समेत गर्न सकिन्थ्यो ।

हामीले प्रेम र युद्धका निशानीहरू कुँदिएका इतिहासका पर्खाल र भित्ताहरू हेर्यौँ र पुन अर्कोपटक लिमासोल शहरलाई आँखाको संसारमा सजायौँ ।


यो पोष्ट साइप्रस भ्रमणमा आधारित छ । साइप्रस भ्रमणका सेरोफेरोमा लेखिएका अरु लेखहरु क्रमश पढ्नुहोस्, सजिलो हुनेछ ।

१ चिनियाँ मुस्कान
२ साँझ समुन्द्र र रंगीन क्षितिज
३ नेपाली स्वाद रोमानी सत्कार
४ मध्ययुगीन गढी र युद्धका डोबहरू
५ प्रेमिकाको लागि जितेको देश
६ संसारकै पुरानो वाइनको कथा
७ हनी पफ
८ आइया नापाको तरंग
९ बाइ बाइ साइप्रस

1 Comment

Leave a Comment