सानै छँदा पौराणिक कथाहरुमा वर्णित मनकामना पूरा गरिदिने कल्पवृक्षका प्रसंगहरु बारम्बार सुन्थेँ । सोच्थेँ – त्यो रुख भएको ठाँउमा एकपटक पुग्न पाए पनि हुन्थ्यो …

यतिबेला कल्पवृक्षको परिभाषा बदलिएको छ । मलाई लाग्छ हरेक मानिसको मनमा हुन्छ इच्छाशक्तिको रुख, कल्पनाको रुख- जसले साकार बनाउछ सपनाहरु ।

एउटा कल्पवृक्ष मैले मेरो क्यानभासमा पनि कोरेको छु, जसका पातहरु गुलाफी रंगका छन ..
आउदै गरेको नयाँ बर्षले तपाईका सम्पूर्ण चाहना र कल्पनाहरु पूर्ण गरुन नयाँ बर्ष २०७३ सालको हार्दिक मंगलमय शुभकामना !!

शिर्षक – कल्पवृक्ष
एक्रेलिक अन क्यानभास
सर्वाधिकार – कृष्णपक्ष
साइज – ७० * ५० सेन्टिमिटर

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.