आज यौटा तान्का टासेर सबैमा नया बर्षको शुभकामना दिन चाहन्छु ।

वौद्ध धर्म र जेन परम्पराको प्रभाव तान्काको आत्मा हो । चौधौं शाताव्दी लामो इतिहास बोकेको यो कविताको लोकप्रियताको कसी मानयोशु काव्य संकलनलाइ लिन सकिन्छ, यद्यपि आजपनि यसको चेतना प्रभाव, शक्ति र क्षमताप्रति उत्तिकै विश्वाश छ । नया बर्षको शुभकामना दिने केहि पृथकपनाको खोजि गर्दै म हज्जारौं बर्ष पछाडी फर्किएको छु, “साहित्यको सिमा हुदैन, यो कुनै देशको पनि हुदैन त्यसैले यतिखेर तान्का यहाँ मेरो भएको छ” । कसको/के विधा भित्र्याइस हँ भनेर औंला उठाउनेहरुलाई मेरो रेडिमेड जवाफ । यो तांका कामना हो नया बर्षको, यसको सौन्दर्य जस्तो सुकै देखिए पनि, शास्त्रीय संरचना भित्र लेखिएका यी हरफहरुको प्रभाव सबैको मन मस्तिष्कमा पुगोस र ऋचामन्त्र झैं अनुभूत र ग्रहण होस् ।


यसरी शुरु हुन्छ ….

ए प्रमिथस!
धपक्क भइ केहि
उदायो हेर
अब तिमी खोज्नेछौ
अग्नी हैन उज्यालो ।

मुसोरुपी कुचीले कम्प्युटरको भित्तालाई क्यानभास मानेर कोर्दा यस्तो भयो ।यो चित्र वा ग्राफिक कन्सेप्टसंग तान्काको कुनै प्रत्यक्ष सम्बन्ध भने छैन है 🙂

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.