सुन्न मन लागेको छ
त्यो कविता

जो तिमीले कहिल्यै लेखेका छैनौ …
कापीका पानाहरुमा
चिठीमा, डायरीमा
र फेसबुकका स्टाटसहरुमा

होस, त्यस्तो होस
त्यो कविता

जो वसन्तमा फुल्ने फूलजस्तै होस
या पूर्णिमामा हास्ने जूनजस्तै होस
या होलीमा खेलिने रंगजस्तै होस

त्यो कविता
जो मान्छेको ओठमा छाउने
मुस्कानजस्तै सुन्दर होस
जो प्रेमीको छातिभित्र रमाउने
मनजस्तै सुन्दर होस

सुनाउछौ ??

‪#‎happyworldpoetryday‬
विश्व काव्य दिवसको शुभकामना ।

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.