भर्खरै देशमा आंधीहुरी चलेको समाचार आएको छ । हरघडी भुकम्प, बाढी पहिरो तथा अन्य बिभिन्न किसिमको त्रासमा बाँचेको छ हाम्रो समय .. यतिखेर गज़लका शेरहरुमा पनि आएका छन यस्तै केही हुरीका प्रसंगहरु, राजनीति र सामाजिक बेथितिका कुराहरु …

.
मनको छानै उडाउने आँधीहुरी चलेको छ
चलेको छ शहरमा दिउँसै छुरी चलेको छ
.
स्वाभिमान बेचि जस्ले राष्ट्रघाति कर्म गरे
हिजोआज देख्छु तिनकै चुरीफुरी चलेको छ
.
हाम्रा व्यापार व्यवसाय, बन्द भयो भन्छौ तिमी,
आँगनीमै किन उस्को पानीपुरी चलेको छ ??
.
प्रभु हजुर ! भनी हिजो जसका गुणगान गायौ
आज तिनकै कटाक्ष र ‘कुरी कुरी’ चलेको छ
.
सिन्कोसम्म भाँचिएन आफ्नै देशमा हुँदाखेरि
परदेशमा पसिना र मजदुरी चलेको छ ।
.
कृष्णपक्ष
धादिङ, हाल इजरायल

मेरो फेसबुकमा यहाँ पढ्न सकिन्छ

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.