राजकुमार बानियाँ

राजकुमार बानियाँ

रेगीस्तान अन्जान सहर, गल्ली, महल वा झ्यालखानामा हजारौंले आफ्नो यौवन, बल र पसिनाका साथै समय नै बेच्छन । र त्यसै क्रममा आफू शुन्य समय बाँचेको जस्तो अनुभूति गर्छन । बालुवाको अपार बिस्कुन फिजाएर तिर्खै तिर्खाले तड्पिएको रेगीस्तानी श्रम शिविरमा खुन संग नुन साटिरहेका युवक युवतीका सुख र दुख, आशा र उदासी. प्रेम र प्रणय अनि साहस र सपनालाई समेटिएको छ कथा संग्रह तिर्खामा ।

पुस्तकका २३ थान छोटा कथामा आफ्नै किसिमको मिठास छ । उनको आख्यान-विमर्श छ ‘ प्रत्येक मानिसले आख्यानका अलिखित अध्यायहरु बाँचेका हुन्छन । हामीले आख्यान बाँचेका छौं, मिथ्या बाँचेका छौं, सपना बाँचेका छौं ।’

rajkumar baniya

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.