मोड –एउटा स्वाभिमानी लेखक

नेपाल चौतारीको मीठो स्मृति आज एकपटक पुन दोहोर् याउन मन लागेको छ । त्यो चौतारी जहाँ सपनाको रित्तो थैलो बोकेर इजरायल छिर्ने परदेशी मनका कथा कविता लेख रचनाहरु छापिन्थे । जहाँ समय र परिस्थितिका बाध्यता र विवशता या हाँसो खुशीका अनेकौ भावहरु प्ााेखिन्थे । साच्चै इजरायल प्रवासको त्यो पहिलो पत्रिका परदेशीहरुको छात्तिभित्र झांगिएको माया र अपनत्वको शित्तल छहारीकै रुपमा स्थापित थियो । त्यो चौतारी मन विसाउने चौतारी थियो ।

“कृष्ण भाई ! तपाइ के विषयमा लेख्दै हुनुहुन्छ यसपाली तयारी गर्नु भयो कि छैन?
एउटा मीठो उत्साही र प्रेरणादायी आवाजमा सम्पादक दाजु नयन्द्र चेम्जोङ्ग सोध्नुहुन्थ्यो । अनी अल्छी गरेर हप्तौ केही नलेखी त्यतिकै बसेको बेला पनि ढाँटेरै भनिदिन्थे – दाजु तयारी हुनै लाग्यो । बिदामा आउँदा लिएर आउछु है ।

त्यसपछि हतार हतार घर जान्थेँ र लेख्न बस्थेँ कर्तब्य वा जिम्मेवारीकै कुनै मीठो अँकुश या उत्प्रेरणाको जादुले ताने जस्तो ।

ती हरेक अँक प्रकाशन पूर्वका दिनहरु हुन्थे । त्यसबेला अहिले झँै हातहातमा ल्यापटप छ्यासछ्यासती थिएनन् । कसैले केही छपाउन चाहे पहिले कापीमा कोथ्र्याै । र सप्तहान्तको दिन गाँउघरको कुनै रमाइलो मेला नै विसा्रउने गरि नेपालको जमघट हुने लेविन्स्की पार्कमा पुग्थ्यो । अनि एक पटक साथीलाई पढेर सुनाउथ्यो । त्यसपछि उसको रचना पार्कको सिधा अगाडिको बाटो भएर नयन्द्र चेम्जोङ्गको अपार्टसम्म पुग्थ्यो । अनि उहाँको कम्प्युटरमा टाइप भएपछि नेपाल चौतारीका प्रकाशित हुन्थ्यो ।

स्वदेश छँदा आफ्नै अन्तरमनका गुनगुन यसो कहिँ कतै छपाउने वा कसैलाई सुनाउने बाहेक लेखनलाई खास महत्व मैले कहिल्यै दिएको थिइन । समयान्तरमा जब सिमाना नाघेर इजरायलको विरानो माटोमा पाइला टेकेँ र नेपाली पत्रिकामा आफ्ना भाव विचारहरु पोख्न थालेँ । सम्भवत त्यसपछिमात्र मेरो साहित्य प्रतिको अभिरुचि अझ धेरै बढ्न थाल्यो । आत्मा साक्षी राखेर भन्नु पर्दा- लेखनका निम्ति चेम्जोङ्ग दाजुका हरेक आग्रह अनुरोध वा झकझकाइहरु मेरो कलम यात्राका कोशेढुंगाहरु थिए । प्रेरणाका अमुल्य श्रोतहरु तिनै थिए ।
इजरायल प्यालेस्टाइन संघर्षको जरो खोतल्ने प्रेम धर्म युद्ध र इतिहासका कथाहरु लेख्ने वा सुनका जेरुसलायमको बयान गर्ने लेखकको रुपमा इजरायलको नेपाली समुदायमा मलाई धेरैले चिन्न थालेका थिए । संक्षिप्तमा भन्नुपर्दा मेरो लेखकीय चिनारीको पछाडि कसैको केहि हात थियो भने त्यो उनै अग्रज दाजु नयन्द्र चेम्जोङ्गको अहं भूमिका थियो र इजरायलमा म जस्ता अरु थुप्रै थिए ।

आज उहाँको जीन्दगीका भोगाइहरुको एउटा प्रतिविम्ब एउटा दस्तावेजबारे सस्मरणात्मक डायरी ूमोडू मेरो अगाडि छ र म भूमिका कोर्न वसेको छु । उहाँले पहिले नै भन्नुहुन्थ्यो- भाइ मेरो पुस्तकमा म भूमिकाको रुपमा तिनका भावनाहरु पनि समेट्नेछु जो सधैँ मेरा लेखका असल पाठक रहे जो मेरो सुभेच्छुक या शुभचिन्तक रहे ।

हो म एउटा पाठक हुँ उहाँको । उहाँका संस्मरणहरु समायिक लेखहरु सधैं पढ्ने गर्छु । उहाँको जीवनमा समयले कोरेका अहँ स्मृतिहरु जस्ताको तस्तै ूमोडू भन्ने पुस्तकमा लेख्दैछु । यो भूमिका भन्दा पनि खासगरी उहाँ प्रतिको आदर वा सम्मान हो प्रेम हो ।
मोडभित्र एउटा ब्यक्ती नयन्द्र चेम्जोङ्गका भोगाइहरु म्ाात्र छैनन् एउटा विवश परदेशी एउटा जागिरे वा समयको अन्यौलतामा रुमल्लिदै हिडेका पथिकहरुका आरोह अवरोहरु उद्धरित भएका छन् यहाँ । वर्षौ विदेशियर विताएका समयका पीडाहरु लेखिएका छन् । मोड ती नेपालीहरुको प्रतिनिधि भावना हो जस्ले कुनै न कुनै बेला पराइको श्रम शिविरमा आफुलाइ उभ्याएको छ । चाहे त्यो अरब होस चाहे मलेशिया चाहे कोरिया वा इजरायल अनि उसले त्यो सिलसिलामा फरक जाति भाषा धर्म वा फरक राष्ट्रियता र परिचय हुनुको तितोपना भोगेको छ । मोड पढ्दा ती सबैको आफ्नै कथा जस्तो लाग्छ ।

वहाँका लेखहरु धेरै पहिले देखि पत्रपत्रिका वा अनलाइन साइटहरुमा पढिदै आएको हो । उहाँका लेख पढ्दा र त्यसभित्र डुब्दा कहिल्यै अघाइदैन । अन्त्यसम्म छाइरहन सक्नु नै उहाँका रचनाका विशेषता हुन ।

सम्झौताका धेरै घुम्ति र मोडहरु पार गरेर यहाँसम्म आइपुग्दा मान्छेको जीवन आफै एउटा उपन्यास बन्दो रहेछ । संस्मरणात्मक कृति मोडभित्र मैले त्यस्तै पाएको छु । नियतिले पुर् याएको प्रत्येक मोडहरुमा लेखकले जीवन खोजको छन् । जीउनुको अर्थ र स्वाभिमान खोजेका छन् । एउटा ब्यक्तिको वैयक्तिक भोगाई अनुभव र भावनाहरुको यो संस्मरणात्मक किताबभित्र धेरै थोक समेटिएका छन् । यी भित्र घरपरिवार गाउँ वा नोस्टाल्जिक गुम्फन त छदै नै छ तर त्यसभन्दा ज्यादा समसामयीक विचार अनुभव र चेतना वा चिन्ता धेरै प्रकट भएका छन् । इजरायल भूभिबाट धेरै नेपालीहरुले लेखन या साहित्य कर्मलाई अंगालेका छन् । पुस्तक पत्रिका प्रकाशन गरेका छन् । र यस क्षेत्रबाट आएका नेपाली कृतिहरुमा ूमोडू एउटा विशेष र संग्रहनीय कृति हुनेछ भन्नेमा म विश्वस्त छु ।

नयन्द्र चेम्जोङ्ग स्वभिमानी लेखकको नाम हो । इजरायल वसाइको यो अवधिभर उहाँले कहिल्यै कुनै वहकाउ या उद्येश्यद्धारा अभिप्रेरित भएर गलतको साथ दिनु भएन । असललाई असल र खराबलाई खराब भन्ने र ब्यवहारमा पनि त्यस्तै उतार्ने उहाँको स्वभावलाई कतिले रिसाहा र घमण्डीका रुपमा पनि अथ्र्याए । तर अनेकौ गुट र उपगुट भइरहने मान्छेको समाज अझ विशेष गरी नेपाली जातिको समाजमा जस्तै घडिमा पनि आफ्नो अडानवाट कहिल्यै विचलित नहुने व्यक्तित्व हो नयन्द्र चेम्जोङ्ग । उहाँको कृति मोडले यस्तै जीवन र संघर्षका धेरै अनुभवहरु लेखेको छ ।

सरकारी जागिरे भएर विताएका पुराना दिनहरु सम्झदै उहाँले कतै लेख्नु भएको छ ।

“अझ सरकारी नोकरी कालमा खर्चेका कार्यशैैैली नै चर्चा परिचर्चा गर्ने हो भने त मैले नागरिकहरुलाई ढाट्ने छल्ने झँझट दिने हैरान बनाउने घुषखोरीमा स्खलित हुने काम कहिलै भएन । जीवनभर म गर्बकासाथ छातीमा हात राखेर भन्न सक्छु । मेरो जीवनले भोगेका सैंयौ आरोह अवरोहमा मेरो दशकको लामो सरकारी नोकरीको कार्यकालभरि एउटा कुलोको संग्लो पानी झंै बहेर सििाचत गरँे । जागिरलाई चितााजली दिदाँसम्म आफूलाई धमिलो बनाईन । मैले मेरो जीवनमा गर्ब गर्न सक्ने गौरब भने पनि कमाएको सम्पत्ती भने पनि आत्मसन्तुष्टि भने पनि त्यही र त्यत्ती हो । जब जब म जीवनको भोगाईहरुदेखि थकित भएर हार खाएको अनुभव गर्छु यी स्मरणहरुनै मेरा जीवन क्रमका गतिलो उर्जा बनेर आइदिने गरेका छन् ।”

र त्यो उर्जा निरन्तर रहिरहोस
हार्दिक शुभकामना !

कृष्णपक्ष
इजरायल ।

Leave a Comment