एकदिन
खसेको हुनेछ धरतीमा
साँझको आँचल
छाएको हुनेछ जूनको शीतलता
र रमाएको हुनेछ मन

एकदिन
भत्किएका हुनेछन
भ्रमका विशाल महलहरु
वालुवाका भव्य शहर
र छुटेको हुनेछ पर कतै
त्यो तातो वाफले
भत्भति पोल्ने रेगिस्तान

एकदिन
पुगेको हुनेछ उँट जरुवाको नजिक
पिउनेछ घट्घटि पानी र मेट्नेछ प्यास
हो टुंगिएको हुनेछ जरुर एकदिन
त्यो अत्यासलाग्दो मरुभूमिको यात्रा …

—————————-
शिर्षक – गन्तव्यको नजिक एक यात्री र उँट
मिडियम – पानीरंग
आकार – ४२ * ३० सेन्टिमिटर
© कृष्णपक्ष

एकदिन
खसेको हुनेछ धरतीमा
साँझको आँचल
छाएको हुनेछ जूनको शीतलता
र रमाएको हुनेछ मन

एकदिन
भत्किएका हुनेछन
भ्रमका विशाल …

Posted by Krishna Thapa on Friday, 29 April 2016

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.