शुभ कामना !

आगो – दीप्स शाहको काव्य भाव मात्र होइन, यो हाम्रो पिंढी, हामि बाचिरहेको परिवेश र युग चेतनाको प्रतिनिधि कृति हो । आगोभित्र पोखिएका रापिला, गहकिला बिचार र चेतप्रवाह्को सघनाताले कृति संगसंगै यसले प्रवासी या डायोस्पोरिक साहित्यको उचाईलाइ नै माथि पुर्याएको मैले महसुस गरेको छु ।

सिमाबाहिर कोरिएका साहित्यहरुमा स्तरीयताको औंला उठाउदै आएको मूलधारलाई दीप्सको अब्बल कृति आगोले निकै गतिलो जवाफ दिएको छ। जसमा कविले यस्थास्थितिमा रमाउने विसंगत र अन्यौल स्थितिप्रति दरिलो प्रहार र व्यंग्य मात्र गरेकी छैनन्, साथै आदर्श समयको र परिवर्तनको आकांक्षा गरेकी छन, कामना गरेकी छन ।

आगोका भर्भराउदा चेतनाका तापहरुको प्रसार र फैलावट रोकिएको छैन, अपार पाठक प्रेम र सम्मानले यो संग्रह दोश्रो संस्करण निस्कदैछ, नेपाली साहित्यका कविता कृतिका निमित्त आफैमा यो ठुलो हर्ष र गौरव हो । यहि खुसीमा मैले पनि दुइ शव्द अभिव्यक्त गर्न पाएँ । मेरो पिंढी कि ससक्त नारी हस्ताक्षर कवि दीप्स र उनको तेजिलो कवित्वलाई मेरो हार्दिक बधाई तथा शुभ कामना !

कृष्णपक्ष

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.