मैले
बिर्सेको छु

कि अभावसंग
पराजित भएका छन
मेरा सपनाहरु

विनिमय भएका छन,
साटिएका छन परदेशसंग,
भोकहरुसँग, नुनहरुसंग

कि आइपुगेको छु म कतै
मरुभुमीको उजाड शहरमा …

बिल्कुल बिर्सेको छु

र मैले रंगहरुको
सपना देख्न थालेको छु,
वसन्ती सपनाहरु,
र कोर्न थालेको छु मेरा ती सपनाहरुलाई
मनको क्यानभासमा …

About the author

Krishna Thapa

I am Krishna Thapa, I am from Nepal and live in Israel. I love to write blogs on Art, Information and Technology. Thank you for stopping by, keep visiting.